पाल्पामा चुनावी चहलपहल
शनिबार, माघ ३, २०८२
दर्शनार्थीको घुइँचो, डुंगा सयर गर्नेहरूको आकर्षण
शनिबार, माघ ३, २०८२
गुल्मी र स्याङ्जाको स·मस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको पहिलो दिन विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको हो ।
थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
शुक्रबार, माघ २, २०८२
थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना बनाउने चलन थियो । घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो ।
माघे संक्रान्ति : रुरु क्षेत्र धाममा स्नान र मेला भर्नेको भिड
बिहीबार, माघ १, २०८२
माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नान तथा हृषिकेशव भगवानको दर्शन गर्न भक्तजनहरुको भिड लागेको छ ।
ग्यास सिलिन्डर विस्फोट हुँदा भारतमा सल्यानका ९ जनाको मृत्यु
मंगलबार, पुस २९, २०८२
भारतको हिमाचल प्रदेशको सोलानस्थित अर्कीमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जनाको ज्यान गएको छ । राति सुतेको समयमा अचानक पसलमा आगलागी भएको र पसलमा भएका सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको मृत्यु भएको हो ।
ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता
मंगलबार, पुस २९, २०८२
अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न थालेको छ । बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुने गरेको छ । बिहानमा तुसारो पर्ने र दिउँसो सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी प्रभावित बनेको छ । यस्तो चिसोमा पनि यहाँका विद्यालय सञ्चालनमा छन् ।
२८ औं भूकम्प दिवस मनाइँदै
मंगलबार, पुस २९, २०८२
सरकारले २८ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।
बुद्ध भगवानको जन्मबिन्दुकोे मौन साक्षीः ‘जन्मस्मारक शिला’
सोमबार, पुस २८, २०८२
मायादेवी मन्दिरको गर्भमा भेटिएको एक ‘बलौटे ढुङ्गा’लाई केही वर्षअघि संसारसामु सार्वजनिक भएसँगै बुद्धको जन्मस्थलका बारेमा विश्वभर चलिरहेका सबै प्राज्ञिक बहसमा सदाका लागि ‘पूर्णविराम’ लाग्यो । आज त्यही ढुङ्गा शाक्यमुनि बुद्धको जन्मको निर्विवाद ऐतिहासिक साक्ष्यको रुपमा पुजित छ ।
पाल्पामा नेपाली सेनाले मनायो पृथ्वी जयन्ती
आइतबार, पुस २७, २०८२
पाल्पामा नेपाली सेनाले ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । जिल्ला स्थित नेपाली सेना दि फेमस महेन्द्र दल गणले बृहत झाँकी प्रर्दशनीसहित पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको हो ।
आज पृथ्वीनारायण शाहको स्मरण गरिदैं, यस्ता छन् दिव्य उपदेश
आइतबार, पुस २७, २०८२
३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस आज (आइतबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उनको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।
घोडाघोडीमा हरिहाँसको संख्या बढ्यो, जलपन्छीको घट्यो
शुक्रबार, पुस २५, २०८२
नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको संख्या बढेको छ । जैविक विविधताले महत्वपूर्ण मानिएको घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोलीले यही पुस १९ गतेदेखि २१ गतेसम्म जलपन्छी गणना गरेको थियो ।
राष्ट्रिय योग दिवस मनाउने तयारी
शुक्रबार, पुस २५, २०८२
सरकारले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको हो ।


