Shittalpati
पाल्पा उद्योग वाणिज्य संघद्वारा नव वर्षको शुभकामना–आदान 

पाल्पा,जिल्लाको उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघले  सामुहिक रुपमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । संघले जिल्लाका उद्योगी, व्यवसायी,राजनीतिक दलका प्रतिनिधी, जनप्रतिनिधि,सुरक्षा निकायका प्रमुख, नागरिक अगुवा, पत्रकार, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी तथा सर्वसाधारणहरुको सहभागितामा नयाँ वर्ष २०८३ को असवरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

संघको कार्यालयमा भएको शुभकामना कार्यक्रममा सहभागीहरुले सामुहिक रुपमा एक आपसमा शुभकामना आदान प्रदान गरी खुसी साटा साट, भेटघाट र चियापान गरेका थिए । सहभागीहरुलाई स्वागत गर्दै संघका अध्यक्ष समीरमान सिंहले नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदानले एक आपसमा मित्रभावसँगै आत्मियता बढाउन कार्यक्रम गरिएको बताए । उनले  जिल्लाका स्थानीय उत्पादन, पर्यटकिय स्थलहरुको संरक्षण, उद्योग तथा व्यवसायका माध्यमबाट जिल्लाका युवाहरुलाई स्वरोजगार बनाउने  दिशामा संघले दिर्घकालीन योजना नयाँ नेतृत्व अगाडि बढेको समेत बताए । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष शैलेन्द्र भट्टराई, पुर्वअध्यक्षहरु, सल्लाहाकार, नवनिर्वाचित पदाधिकारी, राजनैतिकदलका नेता, सामाजिक अभियन्ता, सञ्चारकर्मी, स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो । संघका महासचिव विनायक महर्जनको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ६, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update