आइतबार भोटोजात्रा, उपत्यकामा सार्वजनिक बिदा
शुक्रबार, जेठ १६, २०८२

कृषि परियोजनामार्फत आर्थिक समृद्ध बनाउँदै रुरु
शुक्रबार, जेठ १६, २०८२
रुरुक्षेत्र गाउँपालिकाले ‘रुरु कृषि परियोजना’ सञ्चालन गरेसँगै यहाँका किसान व्यावसायिक रूपमा आयआर्जनसँग जोडिएका छन् । स्थानीय पालिकाको रु दुई करोड ३३ लाख र हेफर परियोजना नेपालको रु एक करोड लागतमा रुरुमा कृषि परियोजना सञ्चालनमा आएको हो ।

पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन
बिहीबार, जेठ १५, २०८२
पूर्वराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको दैलेखको नारायण नगरपालिका–७ स्थित आफ्नै निवासमा आज बिहान ६ बजे निधन भएको हो ।

गणतन्त्रका १७ वर्ष
बिहीबार, जेठ १५, २०८२
मुलुकमा गणतन्त्र स्थापनाको १७ वर्ष पूरा भएको छ । २०६५ साल जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र घोषणा गरेको थियो । झण्डै साढे दुई शताब्दी पुरानो शाहवंशीय राजतन्त्रको अन्त्यसँगै घोषणा गरिएको गणतन्त्र उमेरले वयस्क भए पनि अझै संस्थागत हुने क्रममै छ । प्रथम संविधान सभाबाट घोषणा भएको...

पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या
बिहीबार, जेठ १५, २०८२
पाल्पाको तानसेन नगरपालिका –७ बाघखोरका सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेका छन् । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानी बस्यालको हत्या गरेका हुन् ।

रिब्दीकोटमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा
बिहीबार, जेठ १५, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिका –२ मा रहेको देउराली स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा घोषणा गरिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण कार्कीले उक्त स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवाको घोषणा गरेका हुन् ।

पाल्पाका सुजनले गरे पूर्वपत्नी सहित दुई छोरीको हत्या (भिडियो सहित)
बुधबार, जेठ १४, २०८२
पाल्पाको तानसेन नगरपालिका –७ बाघखोरका अन्दाजी ३२ बर्षीय सुजन कोइरालाले पूर्वपत्नी सहित दुई छोरीको हत्या गरेका छन् । हाल बुटवल उपमहानगरपालिका–११, होराइजनचोकस्थित मिलीजुलीपथमा बस्दै आएका कोइरालाले बुधबार बिहान पूर्वपत्नी ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या गरेका हुन् ।

गाउँमा घर छन्, मान्छे छैनन्
बुधबार, जेठ १४, २०८२
तिनाउ गाउँपालिका कचलकी ८१ वर्षीया चन्द्रकुमारी बगालेलाई हिजोआज दिन बिताउन निकै गाह्रो भएको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख सुःखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो...
टोलविकास संस्थाका पदाधिकारीलाई अनुशिक्षण
बुधबार, जेठ १४, २०८२
जिल्लाको रामपुरमा टोलविकास संस्थाका पदाधिकारीहरुलाई अनुशिक्षण प्रदान गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा अनुशिक्षण प्रदान गरिएको हो ।

रिब्दीकोटमा अध्यक्ष कप भलिबल र क्रिकेट प्रतियोगिता
बुधबार, जेठ १४, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिकामा तेस्रो अध्यक्षकप भलिबल तथा क्रिकेट प्रतियोगिता भएको छ । गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिको आयोजनामा वडा नं. ३ माल्मुलस्थित रानीकुवाँ खेलमैदानमा प्रतियोगिता भएको हो ।

नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस : पाल्पामा दिप प्रज्वलन
मंगलबार, जेठ १३, २०८२
लोकतान्त्रिक पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युुनियनले देशैभर विभिन्न कार्यक्रम गरी ३४ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा साताव्यापी कार्यक्रम तय गरेको युनियनले मंगलबारदेखि स्थापना दिवस मनाउन थालेको हो ।

पाल्पा अस्पतालको विकासका लागि सहकार्य गरेर अगाडि बढ्छु : अध्यक्ष कर्माचार्य
मंगलबार, जेठ १३, २०८२
पाल्पा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढने बताएका छन् । मंगलबार पदभार ग्रहण गर्दै कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दैै आवश्यक सल्लाह लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

घरघरमा पानीका धारा पुर्याउँदै स्थानीय सरकार
मंगलबार, जेठ १३, २०८२
दङ्गीशरण गाउँपालिका(६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ ।