गुल्मीमा ३ सय ५५ प्रजातिका चरा
सोमबार, पुस १४, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित
आइतबार, पुस १३, २०८२
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गमध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’
शनिबार, पुस १२, २०८२
बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना हुँदैछ । न्युज फेस्टिबलमा ‘मोफसल’को पत्रकारिता, सङ्घीयतामा पत्रकारिता क्षेत्रको संरचना, आर्थिक विकास र लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा पत्रकारिताको भूमिका, समाचारका विषय, लेखन र साहित्य, कलाका विषयमा नेपालमा अग्रज पत्रकार, सम्पादक, लेखक, संवाददाता सहभागी भएर बहसको सृजना गरिने भएको छ ।
पुस्तक व्यवसायी महासंघ पाल्पाको अधिवेशन : अध्यक्षमा पुनः पन्थी
शनिबार, पुस १२, २०८२
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाको ८ औं अधिवेशन तथा १६ औं वार्षिक साधारण तानसेनमा भएको छ । महासंघको शनिबार एक औपचारिक कार्यक्रमकाबिच अधिवेशन भएको हो ।
आधुनिकताको कोलाहलमा हराउँदै ‘डफला’बाजा
शनिबार, पुस १२, २०८२
कुनै समय तराई– मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजा अहिले अस्तित्व रक्षाका लागि सङ्घर्षरत छ ।
पाल्पाबाट नेकपाका १० उम्मेदवारको नाम सिफारिस
शनिबार, पुस १२, २०८२
पाल्पाबाट नेपाल कम्युनिष्ट पार्टीका १० जना उम्मेदवार सिफारिस भएका छन् । जिल्ला कार्यसमितिको बैंठकले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको हो ।
अल्ट्रासाउण्डबाट गाई–भैसीको गर्भ परीक्षणले ठूलो नोक्सानीबाट जोगाउँदै
शुक्रबार, पुस ११, २०८२
अल्ट्रासाउण्डबाट गाई– भैसीको गर्भ परीक्षण हुन थालेपछि पशुपालक कृषकहरुको ठूलो आर्थिक क्षति हुनबाट जोगिएको छ । समयमै पशुको गर्भ परीक्षण हुने र समस्या थाहा पाउने भए पछि आर्थिक क्षति हुनबाट जोगिने गरेको हो ।
रैनादेवीको भुवनपोखरीमा सार्वजनिक सुनुवाई
बिहीबार, पुस १०, २०८२
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा नं. ३ भुवनपोखरीमा वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । जनताका गुनासा तथा सुझाव जनताकै घरदैलोमै पुगेर सुन्ने, जवाफ दिने र अवस्था अनुसार तत्कालै कार्यान्वयन गर्ने, आगामी योजनाको लागी टिपोट गर्ने अभियानका साथ पालिकाले सार्वजनिक कार्यक्रम गरेको हो ।
आज ‘क्रिसमस डे’, हर्षोल्लासका साथ मनाइँदै
बिहीबार, पुस १०, २०८२
आज क्रिश्चियन धर्माबलम्बीहरूको महान पर्व क्रिसमस हर्षोल्लासका साथ मनाइँदैछ । नेपालमा पनि आज क्रिश्चियन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रमको आयोजना गरी यो पर्व मनाइरहेका छन् ।
लुम्बिनी मेडिकल कलेजमा नयाँ व्यवस्थापन, अस्पतालको अधिकतम शेयर किनबेच
बुधबार, पुस ९, २०८२
लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पताल लिमिटेड (एलएमसी) तानसेनमा व्यवस्थापन परिवर्तन गरिएको छ । अस्पतालको बीसौँ वार्षिक साधारण सभाबाट व्यवस्थापन परिवर्तन भएको हो ।
तानसेनमा फष्टाउँदै ‘होमस्टे व्यवसाय’
मंगलबार, पुस ८, २०८२
पछिल्लो समय तानसेनमा होमस्टे व्यवसाय (घरवास) फस्टाउँदै गएको छ । जाडो मौसममा प्रशस्त घाम लाग्ने, गर्मी मौसममा हिमालको चिसो हावाले शित्तल बनाउने उपयुक्त मौसम, सबै स्थानमा यातायातको सुविधा, पर्यटकहरुलाई घुमाउने, देखाउने प्रशस्त सौन्दर्य स्थानहरु रहेकोले यहाँको होमस्टे व्यवसाय फष्टाउँदै गएको हो ।


