रानीमहल सहकारीले मनायो १६ औँ साधारण
शनिबार, मंसिर २९, २०८१
पत्रकार महासंघ पाल्पा निर्वाचन : प्रेस युनियन र चौतारीको संयुक्त प्यानल विजयी
शनिबार, मंसिर २९, २०८१
पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ पाल्पा शाखामा भएको निर्वाचनमा नेपाल प्रेस युुनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानल नै विजयी भएको छ । महासंघ पाल्पाको १२ औं अधिवेशबाट प्रेस चौतारीका कमलराज तिमिल्सेनाको नेतृत्वमा संयुक्त प्यानल नै विजयी भएको हो ।
सहाराविहीन र मानसिक सन्तुलन गुमाएकाहरुलाई पुर्नजीवन दिदैं अभियान नेपाल
सोमबार, मंसिर २४, २०८१
आईतबार तानसेन नगरपालिकाको धुर्वघाटस्थित एक घरमा चहल पहल थियो । कोई बालबालिका टाईसेटमा देखिन्थे, कोही अर्धबैशे खालका महिला पुरुष थिए । कोही आफ्नो तालमा कराउँदै बरबराउँदै थिए । कोही आफ्नै धुन र सुरमा तलमाथी गर्दै थिए । कोही शारिरिक अपाङ्खको कारण कोठामा बसेका देखिन्थे ।
पाल्पामा दोस्रो सुन्तला महोत्सव सुरु
शनिबार, मंसिर २२, २०८१
सुन्तलाको उर्वरभूमीको रुपमा परिचित पाल्पामा दोस्रो सुन्तला महोत्सव शुरु भएको छ । रिब्दीकोट गाउँपालिका र रैनादेवी–छहरा गाउँपालिकाको संयुक्त आयोजनामा यही मंसिर २२ र २३ गते दुईदिने सुन्तला महोत्सव सुरु भएको हो ।
रैनादेवीमा सञ्चालित दुई दिने न्वागी उत्सव सकियो
शुक्रबार, मंसिर ७, २०८१
पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा सञ्चालित दुई दिने न्वागी उत्सव सकिएको छ ।
पाल्पा साहित्य समाजले गर्यो साहित्यकार र कलाकारलाई सम्मान
शनिबार, मंसिर १, २०८१
पाल्पा साहित्य समाजले साहित्यकार र कलाकारलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको छ । समाजले शनिबार १७५ औं छविलाल नेपाल जन्मजयन्ती, १२१ औं माधव प्रसाद देवेकोटा जन्मजयन्ती तथा ३० औं बार्षिक दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ८ जना व्यक्तिलाई सम्मान गरेको हो ।
पाल्पा दरबार संग्रहालय २४ सै घण्टा उज्यालो
मंगलबार, कात्तिक २७, २०८१
लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको पाल्पाको ऐतिहासिक पाल्पा दरबार संग्रहालयलाई २४ सैं घण्टा उज्यालो बनाइएको छ । वैकल्पिक उर्जाको व्यवस्था गरिएसँगै संग्रहालयलाई जुनसुकै बेला पनि उज्यालो हुने बनाइएको हो ।
पाल्पामा ब्लड बैंक महाअभियान उत्साहजनक
मंगलबार, कात्तिक १३, २०८१
पाल्पामा ब्लड बैंक महाअभियान उत्साहजनक रुपमा अगाडि बढेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ सञ्चालन गरेको ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौं’ भन्ने महाअभियान उत्साहजनकरुपमा अगाडि बढेको हो ।
रेडक्रस पाल्पाले छिट्टै ब्लड बैंक सञ्चालन गर्दै
सोमबार, कात्तिक १२, २०८१
नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले तानसेनमा छिट्टै ब्लड बैंक सञ्चालन गर्ने गरी तयारीलाई अगाडि बढाएको छ । शाखाले तत्काललाई ब्लड बैंक सञ्चालन गर्न आफ्नै कार्यालयमा ल्याव कक्ष निर्माण गरिसकेको र आवश्यक उपकरण खरिदको लागि प्रक्रिया अगााडि बढाइसकेको जनाएको छ । उसले रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ सञ्चालन गरेको ‘हाम्रो ब्लड बैंक,हामी...
मखनटोल टोल विकासले सञ्चालन गर्यो तिहार बजार
आइतबार, कात्तिक ११, २०८१
मखनटोल टोल विकास संस्थाले तिहारलाई लक्षित गरी तिहार बजार सञ्चालन गरेको छ । तिहार भाईटिकाको लागि चाहिने आवश्यक फूल, माला, टिका, भाईमसला, ओखर काजु बदाम, गढी छोडा ल्याङ, सुपारी, सप्तरंगी टिका, विभिन्न प्रकार रोटीका परिकार, ढाका टोपी, कपडाहरुको स्टल एकै स्थानमा राखी तिहार बजार सञ्चालन गरेको हो ।
पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो
शनिबार, कात्तिक ३, २०८१
बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई तरवारको प्रयोग गरी बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप पाल्पाका गाउँ–गाउँका डाँडा र मन्दिरहरुमा वाख्खै हो भन्दै तरवार नाच देखाइएको हो ।


