
पाल्पा, पार्टी, संगठनहरुमा जेनजीको भावनाको कदर हुनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस चौतारी नेपाल पाल्पा शाखाले आयोजना गरेको अन्तक्र्रिया तथा दसैको शुभकामना आदानप्रदानका सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले सबै क्षेत्रमा राजनीतिकरण, व्यापक भ्रष्टाचार, अनियमिता, घुसखोरी, चाकडीवाजबाट दिक्क भएर जेनजी आन्दोलनको रुप लिएको बताए । धमिलो पानीमा माछा मार्नेहरुले आन्दोलनको निहँ पारेर विभिन्न अपराधिक तत्वबाट व्यक्तिगत, सार्वजनिक सम्पत्ती तथा प्रहरी चौकीहरुमा, तोडफोड गर्नु लुटपाट मच्चाउने तथा आगजनी गर्ने कामले देश तहस नहस भएको र अपराधिक गतिविधिमा संलग्नहरुमा कानुनी कारवाही गर्न बैठकले अन्तरिम सरकारसँग माग गरेको छ । मुलुकमा दल विनाको शासन असम्भव भएकोले दलहरुको नेतृत्वमा पुस्ता हस्तान्तरण तथा रुपान्तरण जरुरी भएको, पार्टीहरुका नीति नियम, सिद्धान्त राम्रा भए पनि व्यवहारमा कार्यान्वयन नहँुदा असन्तुष्टि बढेकोले अबका दिनमा दलहरु सच्चिएर युवाको भावना अनुसार काम गर्नुपर्नेमा बैठकमा सहभागीहरुले जोड दिए । प्रेस चौतारी पाल्पाले आउँदो कार्तिक २९ गते पत्रकारितामा एआईको प्रयोगका विषयमा तालिम गर्ने र चौतारी बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपाल पाल्पाका फाँट इन्चार्ज राजेश कुमार अर्याल, प्रेस चौतारी केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज मिलन विश्वकर्मा, फाँट सह इन्चार्ज बन्दना पोखरेल लगायतले पार्टीहरुमा नेतृत्वसँगै कर्मचारीतन्त्रमा रुपान्तरणको खाचो जरुरी रहेको बताए । देशलाई संकट परेको अवस्थामा हामी सबै नेपालीहरु एकजुट भई देश निर्माणमा लाग्नुपर्नेमा उनीहरुले जोड दिए । पाल्पामा भएको जेनजी आन्दोलन, व्यक्तिगत र सार्वजनिक सम्पत्तिमा कतै पनि हानी नोक्सानी नगरी शान्तीपूर्ण रुपमा भएको थियो । छलफल तथा शुभकामना आदान–प्रदान कार्यक्रम प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष शोभाकान्त पाठकको स्वागत, सचिव दयाराज न्यौपानेको सञ्चालनमा भएको थियो ।