Shittalpati
यौनजन्य दुव्र्यवहार नियन्त्रण गर्न ‘आंचारसंहिता’

पाल्पा, जिल्लाको रम्भा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार रोकथाम तथा नियन्त्रणका लागि “आचार संहिता २०८२” सार्वजनिक गरेको छ । महिला कानुन र विकास मञ्च काठमाडांैको सहयोग, महिला कल्याण संघ पाल्पाको समन्वयमा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार सम्बन्धी आचारसंहिता २०८२ सार्वजनिक गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशिका गैरेले यौनजन्य दुव्र्यवहार कार्यस्थलमा हुने प्रमुख चुनौती भएको उल्लेख गर्दै सुरक्षित कार्य वातावरण बनाउन आचारसंहिता अनिवार्य रहेको बताइन् । यस्तो आचारसंहिता प्रत्येक स्थानीयतहसँगै अन्य प्रदेश तथा संघीय कार्यालय तथा गैरसरकारी संस्थाहरुमा पनि आवश्यक रहेको उपप्रमुख गैरेले जोड दिइन् । आचारसंहिता सार्वजनिक गर्दै पालिका अध्यक्ष भण्डारीले रम्भा गाउँपालिकाको जुनसुकै कार्यस्थलमा कुनै पक्षमाथी यौनजन्य दुव्र्यवहार नहुने भईहालेमा पिडित पक्षले उजुरी गर्न पाउने, उजुरी उपर कानुनी कारवाही देखी क्षतिपुर्तीसम्मको व्यवस्था रहेको जानकारी दिए । पालिका भित्रका वडा कार्यालय, अस्पताल, स्वास्थ्य चौकी लगायत संघ संस्था सबैक्षेत्रमा आचार संहिता लागु भएको अध्यक्ष भण्डारीले बताए । आचार संहिताले कार्यस्थलको सेवाप्रवाह प्रभावकारी हुने, कर्मचारीको काम प्रतिको आत्मविश्वास बढ्ने विशेषगरी महिला तथा युवा कर्मचारी बढी फाईदा पु¥याउने अध्यक्ष भण्डारीले बताए । महिला कानुन र विकास मञ्चका निर्देशक एवं अधिवक्ता  सविन श्रेष्ठले आचारसंहिताले कार्यस्थलमा हुने असमानता, शोषण र दुव्र्यवहारलाई रोक्ने मात्र नभई पीडितलाई कानुनी उपचारमा पुग्ने बाटो पनि सहज बनाएको बताए । यौन दुव्र्यबहारमा जनप्रतिनिधी, कर्मचारी र सेवाग्रही जो सुकै पनि पिडित हुने भएकाले  आचारसंहिताले सबैलाई सुरक्षित र कानुनी उपचारको बाटो सुनिश्चित गरेको निर्देशक श्रेष्ठले बताए । प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर पुनले यस्तो आचारसंहिताका कारण सबैपक्षलाई  ढुक्क भएर काम गर्ने वातावरण बनेको बताए । यो आचारसंहिता २०८२ भदौ १६ गते देखी नै रम्भा गाउँपालिका भित्र लागु भएको र राजपत्रमा समेत प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत पुनले बताए । कार्यस्थलमा सुरक्षित र सम्मानजनक वातावरण बनाउन, लै·िक समानता प्रवद्र्धन गर्न, पीडितलाई सहज उजुरी दिने वातावरण तयार पार्न र संस्थागत स्तरमै दुव्र्यवहार नियन्त्रण गर्न आचारसंहिताको जरुरी रहेको प्रमुख प्रशासकीय अधिकृत पुनले बताए ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता कृष्ण रायमाझी, महिला कल्याण संघकी संस्थापक सचिव उर्मिला शर्मा, अध्यक्ष नारायणी खनाल, लगायतले आचारसंहिताको सफल कार्यान्वयनका लागि सबै तहबाट सहयोग गर्नुपर्ने धारणा राखे । गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीको अध्यक्षता, पालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठको स्वागत महिला तथा बालबालिका शाखा प्रमुख कमला अर्यालको सञ्चालनमा आचारसंहिता सार्वजनिक कार्यक्रम भएको हो । पाल्पामा रम्भा गाउँपालिका र रामपुर नगरपालिकाले यौनजन्य दुव्र्यवहार सम्बन्धी आचार संहिता सार्वजनिक गरेका छन् भने अन्य ८ पालिकामा बाँकी रहेको छ । गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update