परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा
आइतबार, असार २३, २०८१
धान रोप्न किसान व्यस्त, जनप्रतिनिधी र कर्मचारी पनि पुगे रोपाइँमा
शनिबार, असार १५, २०८१
यस बर्षको असार १५ पाल्पाका किसानहरुलाई भने जस्तै भयो । शुक्रवार रातीदेखी नै परेको पानीले असार १५ मा झम झम झरी नै लाग्यो । पाल्पाका सबैं जसो किसानहरु पानी परेसँगै फाँटहरुमा निकै व्यस्त देखिए ।
एसईईमा राम्रो नतिजा आएपछि तानसेनमा खुसीयाली
शुक्रबार, असार १४, २०८१
जिल्लाको तानसेन नगरपालिकाका दुई विद्यालयले २०८० को एसईईमा राम्रो नतिजा प्राप्त भएपछि खुसीयाली मनाएका छन् ।
पत्रकार महासंघको बुलेटिन प्रवाह सार्वजनिक
शुक्रबार, असार १४, २०८१
नेपाल पत्रकार महासंघ पाल्पाद्धारा प्रकाशित प्रवाह बुलेटिन पत्रिका सार्वजनिक गरिएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघका अध्यक्ष रेखीराम राना लगायतले पत्रिका सार्वजनिक गरेका हुन् ।
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक समीक्षा
शुक्रबार, असार १४, २०८१
नेपाल मानवधिकार बर्ष पुस्तक २०२५ को अर्धवाषिक पूर्व समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पाल्पाले ६ महिना भित्र जिल्लामा घटेका तथा हनन भएका मानवअधिकार हननका घटनाहरुको सार्वजनिक गरेको हो ।
पाल्पाको एसईई नतिजा : दुई जनाले ल्याए चार जिपिए , एक सय पाँच जनाको ए प्लस
बिहीबार, असार १३, २०८१
राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०८० को रिजल्टमा पाल्पाबाट दुुई जनाले चार जिपिए ल्याएका छन् । जिल्लाका एक छात्र र एक छात्राले चार जिपिए अंक प्राप्त गरेका हुन् ।
खेतमा धान रोप्न सिक्दै विद्यार्थी
बुधबार, असार १२, २०८१
बुधबार तानसेनको प्रभास फाँटमा परिचयपत्र लगाएर विद्यार्थीदेखी पाका पुस्ताका महिला,पुरुषहरु खेतमा धान रोप्दै थिए । पहिलो पटक खेतमा पुगेका सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाका विद्यार्थीहरुलाई भने धान रोपाइँ अनौठो लाग्यो ।
विद्यार्थीसँग पुष्पलाल
मंगलबार, असार ११, २०८१
पुष्पलाल स्मृती प्रतिष्ठान नेपालले विद्यार्थीसँग पुष्पलाल अन्तक्र्रिया कार्यक्रम गरेको छ । प्रतिष्ठानले पुष्पलाको १०० औं जन्मोत्सवको अवसरमा विद्यार्थीसँग पुष्पलाल कार्यक्रम गरेको हो ।
ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराको २ लाख २९ हजार सहयोग
मंगलबार, असार ११, २०८१
पाल्पामा ब्लड बैंक सञ्चालनका लागि पाल्पाली समाज पोखराले २ लाख २९ हजार सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र स्थापनार्थ ‘हाम्रो ब्लड बैंक हामी बनाउछौं’ भन्ने महाअभियानलाई सफल बनाउन समाजले सो रकम सहयोग गरेको हो ।
नेपाल टेलिकमले दियो बालबालिकालाई झोला
शनिबार, असार ८, २०८१
नेपाल टेलिकमले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला दिएको छ । टेलिकम प्रादेशिक कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुलाई झोला दिएको हो ।
शीत काव्य समाजका चार कृति लोकार्पण तथा विमर्श
शनिबार, असार ८, २०८१
शीत काव्य समाज नेपालको प्रकाशनबाट प्रकाशित चारवटा कृतिको लोकार्पण गरिएको छ । समाजको चौंथो वाार्षिक उत्सवको अवसरमा तानसेनमा आयोजित एक समारोहकाबिच चार कृतिको लोकार्पण तथा विमर्श गरिएको हो ।
पाल्पामा लागु पदार्थ प्रयोगकर्ता बढ्दो : रोक्न सरोकारवालाहरुसँग छलफल
शुक्रबार, असार ७, २०८१
जिल्लामा लागु पदार्थ प्रयोगकर्ता बढ्दो रहेको एक कार्यक्रममा निष्कर्ष निकालिएको छ । जिल्ला सुरक्षा समितिले आयोजना गरेको सरोकारवालसँगको छलफलमा जिल्लामा लागु पदार्थ प्रयोगकर्ता बढको निष्कर्ष निकालेको हो ।
रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र
शुक्रबार, असार ७, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँसभाको १६ औं अधिवेशनमा उक्त विषयहरुलाई प्राथमिकतामा राख्दै आगामी बर्षको लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।


