Shittalpati
पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

पाल्पा , पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ  । माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी करिब ६ बजे लु २ ख ४५२५ नम्बरको टिपर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही ठाउँकै २६ वर्षीय  सुनिल वि.क., रुपन्देही देवदह नगरपालिका –२ खैरेनीका २६ बषिय सुनिल नेपाली र भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा  तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक होम प्रकाश चौधरीले बताए । चिदीको लुम्बिनी मेडिकल कलेज तानसेन बाट थप उपचारको लागी भैरहवा मेडकल कलेज रिफर गरिएको थियो ।  

पाल्पा प्रहरीका अनुसार सो खाली टिपर झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान भईरहेको पाल्पा प्रहरीले जनाएको छ ।







प्रकाशित मिति: आइतबार, चैत ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update