पाल्पा दरवार संग्रहालय परिसरमा ३ दिने चित्रकला तथा फोटो प्रदर्शनी शुरु
आइतबार, पुस ६, २०८२
साहित्यकार रेग्मीको ऐतिहासिक उपन्यास अमरामृत लोकापर्ण
आइतबार, पुस ६, २०८२
पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीद्धारा लिखित ऐतिहासिक उपन्यास अमरामृत खड्ग शम्सेर : रानीमहल : तथ्यकथ्यको एक समारोहविच लोकापर्ण भएको छ ।
पाल्पामा आयुर्वेदिक उपचारप्रति बिरामीको आकर्षण बढ्दो
आइतबार, पुस ६, २०८२
पछिल्लो समय आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पामा बिरामीको आकर्षण बढेको छ । रोग निको हुने तथा निःशुल्क रुपमा राम्रो स्वास्थ्य सेवा पाएसँगै बिरामीको यसप्रति आकर्षण बढेको हो ।
तानसेनमा आधारभूत मन्टेश्वरी शिक्षा तालिम सुरु
शनिबार, पुस ५, २०८२
घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको आयोजना तथा शिव इन्स्ट्रिच्युट अफ मल्टि टेक्निकल एजुकेसन प्रा.लि. तानसेनको प्राविधिक सहयोगमा आधारभूत मन्टेश्वरी तालिम तथा सीप परीक्षण कार्यक्रम तानसेनमा सुरु भएको छ । तालिममा कक्षा १२ उत्तीर्ण गरेका २० जना महिलाहरूको सहभागिता रहेको छ ।
तानसेनमा स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम
शनिबार, पुस ५, २०८२
मखनटोल टोल विकास संस्था तानसेन पाल्पाले २५ औँ वर्ष तथा रजत जयन्तीको अवसरमा स्त्री रोग तथा प्रजनन् स्वास्थ्य सम्बन्धी एकदिने सचेतना अभिमुखीकरण कार्यक्रम गरेको छ । महिलाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्त्री रोग, प्रजनन् स्वास्थ्य तथा यससँग सम्बन्धित जोखिम र चुनौतीबारे जानकारी प्रदान गरिएको हो ।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकहरूको सम्झनामा दीप प्रज्ज्वलन
बिहीबार, पुस ३, २०८२
अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२ को अवसरमा “श्रम आप्रवासनका क्रममा सुशासन, सुरक्षित, मर्यादित र सिपमूलक आप्रवासन” भन्ने मूल नारासहित तानसेन नगरपालिका–तानसेन टुँडिखेलमा दीप प्रज्वलन गरिएको छ ।
दमकडा माविलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान
मंगलबार, पुस १, २०८२
जिल्लाको तानसेन दमकडास्थित दमकडा माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न (आईएसओ) प्रदान गरिएको छ । विद्यालय सुधारका विभिन्न ५२ सूचकमध्ये कम्तीमा ५१ प्रतिशत सूचकमा काम भएपछि विद्यालयलाई अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्रदान गरिएको हो ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि नारायण माविलाई
आइतबार, मंसिर २८, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिकाको कोहल खेलमैदानमा भएको पालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नारायण मावि धुस्टुङले हात पारेको छ । १३ वटा विद्यालयलाई पछि पार्दै नारायण माविले ५ स्वर्ण, ५ रजत, ३ कास्य गरी १३ पदक सहित प्रथम स्थान हासिल गरेको हो ।
प्रेस चौतारी पाल्पाको बुलेटिन सार्वजनिक
शनिबार, मंसिर २७, २०८२
प्रेस चौतारी नेपाल पाल्पा शाखाले ‘चौतारी’ बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले सार्वजनिक गरे । शाखाले नियमित रुपमा चौतारी बुलेटिन प्रकाशन गरी सार्वजनिक गर्दै आएको छ ।
रानीमहल सहकारीले मनायो १७ औं साधारणसभा
शनिबार, मंसिर २७, २०८२
जिल्लाको तानसेनमा सञ्चालित रानीमहल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औं बार्षिक साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारणसभा मनाएको हो ।
रिब्दीकोटमा भएको राष्ट्रपति रनिङ शिल्डको उपाधि नारायण माविलाई
शनिबार, मंसिर २७, २०८२
जिल्लाको रिब्दीकोट गाउँपालिकाको कोहल खेलमैदानमा भएको पालिकास्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नारायण मावि धुस्टुङले हात पारेको छ ।
निस्दी जिप दुर्घटना : मृतक मध्ये दुई जनाको सनाखत
शुक्रबार, मंसिर २६, २०८२
नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिकातर्फ गईरहेको यात्रुवाहुक जिप आज विहान दुर्घटना हँुदा ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
शुक्रबार, मंसिर २६, २०८२
जिल्लाको निस्दी गाउँपालिका –४ चिउरीबासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नवलपरासी पुर्व अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ गईरहेको लु १ ज ३९०८ नम्वरको फोर्स जिप आज विहान १० बजेको समयमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी...

