Shittalpati
पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पाल्पा, नेपालको पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ । उल्लेखनीय मौसम प्रणाली नभएपनि पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

शुक्रबार मौसमपूर्वानुमान महाशाखाबाट जारी मौसम बुलेटिनमा शुक्रबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भु–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । शनिबार दिउँसो पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update