पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन
शुक्रबार, भदौ १८, २०७८

पर्वतमा पहिरोमा परी छ जनाको मृत्यु, दुई बेपत्ता
शुक्रबार, भदौ १८, २०७८
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।

काँग्रेसको वडा अधिवेशन प्रारम्भ
शुक्रबार, भदौ १८, २०७८
नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि वडा अधिवेशन हुन लागेको हो ।
.jpg)
नेप्से र कारोबार रकम दुवैमा ओरालो
शुक्रबार, भदौ १८, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९ सय २६.८९ मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ ।

गुल्मीको पुर्तिघाटमा खुल्यो चप्पल उद्योग
शुक्रबार, भदौ १८, २०७८
कोरोना महामारीका कारण देशका अधिकांस साना तथा घरेलु उद्योगहरु बन्द भइरहेका बेला गुल्मीको कालीगण्डी गाउँपालिकाको पूर्तिघाटमा भने चप्पल उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी बुद्धि घर्ती मगर र विक्रम श्रीस मगरले १० लाख रुपैयाँको लागतमा उक्त उद्योग स्थापना गरेका हुन् ।

इन्धन मूल्यवृद्धिको असर
शुक्रबार, भदौ १८, २०७८
सरकारले बारम्बार जनताको ढाड सेक्ने गरी इन्धनको मूल्यवृद्धि गर्दै आएको छ । एकै वर्षमा दर्जनौंपटक नागरिकको दैनिक जनजीवनसँग जोडिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने गरेको छ । नागरिकलाई सहजरूपमा सेवा–सुविधा दिने बाचा गर्ने सरकार पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेर सर्वसाधारणमाथि बोझ थप्दैआएको छ ।

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आयो
बिहीबार, भदौ १७, २०७८
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । स्वीकृत पाएको साढे ३ महिनाको अवधिमा जिल्ला अस्पताल पाल्पाले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो ।
.jpg)
माथागढीले विद्यार्थीको सिकाइ सहजीकरण गर्न पुस्तिका बनाउँदै
बिहीबार, भदौ १७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले विद्यार्थीहरुको सिकाइमा सहजीकरण गर्न सिकाइ तथा मुल्यांकन पुस्तिकाको तयारी थालेको छ । कोभिडका कारण भौतिक उपस्थितीमा विद्यालय खुल्ने अनिश्चित भए पछि गाउँपालिकाले विद्यार्थीहरुको सहजीकरणका लागि पुस्तिका बनाउने तयारी थालेको हो ।

तम्घास–सिमलटारी सडक भासियो
बिहीबार, भदौ १७, २०७८
लगातारको वर्षाका कारण जमिन गलेपछि मदन भण्डारी राजमार्गको तम्घास–सिमलटारी खण्डको सेउघा सडक भासिएको छ । तम्घास–सिमलटारी खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडक भासिएको हो ।

अक्सिजन प्लान्ट जडान अन्तिम चरणमा
बिहीबार, भदौ १७, २०७८
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अन्तिम चरणमा पुगेको छ । अक्सिजन प्लान्ट राख्नका लागि आवश्यक उपकरणसहित प्रक्रिया अगाडि बढाइएको छ ।

अब दराजको सामान रिटर्न गर्न सजिलो हुने
बिहीबार, भदौ १७, २०७८
नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकको लागि अनलाइन शपिंग अझ सुविधाजनक बनाएको छ । आईएमईपेसँग साझेदारी गरी देशका विभिन्न भागमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजले घोषणा गरेको छ ।