तानसेनका आकाशमा छातै छाता !
तानसेनको शित्तलपाटीस्थित भित्री सडकमा सजाएर राखिएका छाता । टक्सार जाने चोकदेखि शित्तलपाटीस्थित मन्दिरसम्म दर्जानौ छाता झुण्ड्याइएका छन् । स्थानीयले तिहार नजिकिएसँगै टोललाई झिलिमिली बनाउनुको साथै तानसेन आउने पर्यटकहरुलाई आकर्षित गर्न छाता सझाएका हुन् । टोलका व्यापारीहरुबाट रकम संकलन गरी छाता सझाइएको स्थानीय भूगोल बैजुले बताए ।
तस्वीर: दीपक अधिकारी/एनजेडी
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८
प्रतिक्रिया दिनुहोस्