Shittalpati
४८ वर्षीय पुरुष मृत फेला

पाल्पा, यहाँ एक पुरुष मृत फेला परेका छन् । जिल्लाको बगनासकाली गाउँपालिका–१ भलुवाचौर निवासी ४८ वर्षीय मानबहादुर गाहा मृत फेला परेका हुन् ।

घर नजिकै खोल्सामा गाहा घोप्टो परेको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए । खेतमा धान रोप्दै गरेका खेतलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै जिल्लाबाट गएको प्रहरी टोलीले शव उठाई पोष्टमार्टको लागि जिल्ला अस्पताल पढाएको थियो । अहिले पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक बेल्वासेले बताउनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । विहान घरबाट हिडेका गाहा एक्कासी मृत अवस्थामा फेला परेको खबरले वडा शोकमा रहेको वडा अध्यक्ष शेरबहादुर चिदीले बताए । उनका अनुसार गाहा दुई भाइ छोरासँगै बस्दै आएका थिए । उनका दुई छोरा, एक छोरी र श्रीमति रहेका छन् । श्रीमति भने विदेशमा बस्दै आएकी छन् ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update