Shittalpati
पाल्पामा मनाइयो घण्टाकर्ण 

तानसेन (पाल्पा), प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो । बजारका चोक चोकमा गठाँमो ठड्याइएको थियो । तानसेनको बसपार्क, नारायणस्थान, सितलपाटी, टक्सारटोललगायतका स्थानमा घण्टाकर्णको लिङ्गाकृति नर्कट राखिएको थियो ।

गठेंमंगाः पर्व नेवारहरूको मौलिक पर्व मध्येको एक हो । वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो । यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् । शनिबार तानसेनका नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई घण्टाकर्ण पर्व मनाएका हुन् । 

साँझपख सो राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको होलाङ्गदी खोलामा लगेर जलाइएको थियो । परापूर्व कालमा दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खाने र बाटो हिंड्ने मानिससित जगत पैसा उठाई दुख दिने घण्टाकर्ण गठेमंगल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाउने गरिएको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्ययक्ष मदन देउरालीले बताए । उनका अनुसार यो पर्व पर्वमा मात्रै सीमित नभई यससँंग वैज्ञानिक कारण पनि जोडिएको छ । रोपाईपछि झारका कारण बढ्ने लामखुटे, भुसुनालाई आगो बालेर भगाउने बैज्ञानिक कारण यो पर्वसँंग जोडिएको उनको भनाई छ । जिउभरि घण्टा झुण्डाएर बस्ने भएकाले उनको नाम घण्टासुर रहेको देउरालीले बताए ।

गठेंमंगाः पर्व अर्थात् घण्टाकर्ण नेवारहरूको मौलिक पर्व मध्येको एक हो । वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा यस दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ । राती राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु¥याइन्छ । अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टा कर्ण राक्षसलाई जलाइन्छ । यसरी परम्परा देखी नै अश्लिल शब्दहरूको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ ।

 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update