Shittalpati
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन
स्याङ्जामा ६७ हजार मेट्रिक टन धान उत्पादन स्याङ्जामा यसवर्ष झण्डै ६७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । जिल्लामा वर्षे धान ६२ हजार २ सय ७१ र चैते (हिउँदे) धान चार हजार ४ सय ६४ गरी कूल ६६ हजार ७ सय ३५ मेट्रिक टन धान उत्पादन भएको हो । स्याङ्जामा यसवर्ष १६ हजार ८ सय ३०...
गरिमाले लाभग्राहीलाई दिने भयो १६ प्रतिशत लाभांश
गरिमाले लाभग्राहीलाई दिने भयो १६ प्रतिशत लाभांश गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १६ प्रतिशत बोनस सेयर दिने भएको हो । बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशतको लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा
बराङ्दीको शिवासन कृषि सहकारीले मनायो आठौं साधारण सभा जिल्लाको बगनासकाली गाउँपालिका –८ बराङ्दीमा रहेको शिवासन कृषि सहकारी संस्था लिमिटेड आठौं साधारण सभा मनाएको छ । सहकारीले एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो ।
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा
गुल्मीको अम्मरपुरमा काँग्रेसको शोक सभा नेपाली काँग्रेसले जिल्लाको इस्मा गाउँपालिकामा शोक सभा कार्यक्रम गरेको छ । इस्मा–६ वडा कार्यसमितिको आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु लुम्बिनी प्रदेशको रुपन्देही र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रुपन्देहीमा ट्रकले ठक्कर दिँदा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ भने, रोल्पामा ट्याक्टर दुर्घटनामा अर्को एक जनाको मृत्यु भएको हो ।
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो
चोरिएका मोटरसाईकल सम्बन्धित धनीलाई दिइयो महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ थान मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामाले एक औपचारिक कार्यक्रमका बिच चोरिएका १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको ‘खल्ती’ एप
राष्ट्रिय वाणिज्य बैंकको ‘खल्ती’ एप राष्ट्रिय वाणिज्य बैंकमा खाता भएकाहरूले पनि अबदेखि अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’मा रकम राखी आवश्यक भुक्तानी गर्न पाउने भएका छन् । बैंकले प्रयोगकर्ताहरूलाई सेवा दिन नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’सँग साझेदारी सम्झौता गरेसँगै ग्राहकले यो सेवा पाएका हुन् ।
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई
बगनासकाली गाउँ सरकारद्वारा सार्वजनिक सुनुवाई बगनासकाली गाउँपालिकाले डेढ बर्षको अवधिमा भएका काम गतविधिलाई केन्द्रित गरेर सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल
गुल्मी काँग्रेसको अठोट: सवल वडा, सक्षम टोल गुल्मी काँग्रेसले ‘सवल वडा सक्षम टोल’ भन्ने अठोटका साथ अभियान अगाडि बढाउने भएको छ । काँग्रेसले पहिलो बैठकबाटै उक्त नारालाई उत्साहका साथ अनुमोदन गर्दै विभिन्न नयाँ र दूरगामी महत्वका विषय माथि व्यापक छलफल र निर्णय गरेको छ ।
पुनः वर्षा र हिमपातको सम्भावना
पुनः वर्षा र हिमपातको सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना छ ।
पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द जिल्ला अस्पतालमा आकस्मिकबाहेकको सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो ।
Weather Update