गुल्मीको मुसिकोटमा आगलागी हुँदा एक घर जलेर नष्ट

गुल्मी, जिल्लाको मुसिकोट नगरपालिकाको एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । शनिबार राती मुसिकोट नगरपालिका– ४ हलोगाढे बारुकामा गुप्तबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
क्षतिको पूर्ण विवरण आई नसकेको जनाइएको छ । स्थानीयका अनुसार करिब २० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । धनमाल क्षति भए पनि मानवीय र चौपायामा भने क्षति भएको छैन ।
प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्