तानसेन सहकारीले गर्यो ८ करोड ९२ लाखको कारोबार
मंगलबार, पुस २७, २०७८
आज पृथ्वी जयन्ती मनाइंदै
मंगलबार, पुस २७, २०७८
आज विविध कार्यक्रम गरी देशभर पृथ्वी जयन्ती मनाइदै छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वी जयन्ती मनाउन लागिएको हो । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल...
राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह
मंगलबार, पुस २७, २०७८
नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन सबैमा आग्रह गरेका छन् । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमाले लुम्बिनी प्रदेशको तर्फबाट उम्मेदवारी दर्ता गराएका सुनारले आफुलाई विजयी गराउन सबैमा आग्रह गरेका हुन् ।
तानसेन सरकारद्वारा ‘इ चौतारी’ सञ्चालनमा
सोमबार, पुस २६, २०७८
तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र ‘इ चौतारी’ सञ्चालनमा ल्याएको छ । ग्रामीण आर्थिक विकास संघ र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण, बीउबिजनसम्बन्धी चौतारीबाट सेवा पाउने व्यवस्था गरिएको छ ।
‘एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने’
सोमबार, पुस २६, २०७८
नेकपा एमाले पाल्पाका नव निर्वाचित अध्यक्ष धनेन्द्रराज घिमिरेले एमालेलाई जिल्लाकै पहिलो पार्टीमै कायम राख्ने बताएका छन् । नवौ जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले अहिलेसम्म जिल्लामै पहिलो पार्टीका रुपमा रहेको एमालेलाई पहिलो पार्टीको रुपमै कायमै राख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
भोलिदेखि देशभरका विद्यालय बन्द हुने
सोमबार, पुस २६, २०७८
कोरोना संक्रमण बढ्दै गएपछि भोलिदेखि देशभरका विद्यालयहरु बन्द हुने भएका छन् । विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने भएका हुन् ।
माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
सोमबार, पुस २६, २०७८
माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए ।
खानेतेलमा टोटल पोलार मटेरियलको मात्रा बढी
सोमबार, पुस २६, २०७८
पाल्पाका होटेल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । स्थानीय होटेल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ ।
गुल्मी जिल्ला प्रशासन कार्यालयमा स्वास्थ्य सहायता कक्ष
सोमबार, पुस २६, २०७८
जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि आइतवार प्रशासन कार्यालयको हाताभित्र स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । सहायता कक्षको जिल्ला प्रशासन कार्यालय गुल्मीको पहिलो सेवाग्रही सत्यवति गाउँपालिकाकी ६४ वर्षकी नरमती परियारको स्वास्थ्य जाँच गरेर शुभारम्भ गरिएको हो ।
‘महिला सहकारीले उत्पादनमुखी कृषिमा जोड दिनुपर्छ’
सोमबार, पुस २६, २०७८
गुल्मी मुसिकोट नगरपालिका ७ मा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा भएको छ ।
साधारण सभालाई सम्वोधन गदै प्रमुख अतिथि मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले महिला सहकारीलाई अब कृषि उत्पादनमुखी भएर अगाडि बढ्न आग्रह गरे ।
सबै पक्ष गम्भीर बनौं
सोमबार, पुस २६, २०७८
नेपाली राजनैतिक वृतमा अहिले आएर विभिन्न खालका क्रियाप्रतिक्रियाहरु अगाडि आएका छन् । गठवन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षदलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको भेटघाट र परामर्शलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।
राष्ट्रिय सभा सदस्यमा आफूलाई विजयी बनाउन गुल्मीका सुनारको आग्रह
आइतबार, पुस २५, २०७८
नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले पत्रकार भेटघाट मार्फत राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह गरेका छन् ।
कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग
आइतबार, पुस २५, २०७८
नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए । थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने संकट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिए ।


