बालबालिकालाई कोरोना खोप लगाइँदै
आइतबार, पुस ४, २०७८

एनसेलले ल्यायो साना व्यवसायी लक्षित योजना
आइतबार, पुस ४, २०७८
एनसेल आजियाटा लिमिटेडले साना तथा मझौला व्यवसायी र कार्यालयहरूलाई लक्षित गरी विशेष योजना ल्याएको छ । व्यवसायी विस्तार र प्रवद्र्धनमा टेवा पुग्ने गरी एनसेलले प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना ल्याएको हो ।

‘योमरी’: जाडोमा खानै पर्ने नेवारी परिकार
आइतबार, पुस ४, २०७८
यसपाली जाडोको शुरुवात भैसकेको छ । अब न्यानो–न्यानो तातो–तातो खानेकुराहरु खाई शरिरलाई तन्दुरुस्त बनाई राख्न जरुरी भैसकेको छ । यस्ता जाडोको लागि न्यानो खाने कुरामा पर्दछ नेवारी खाना योमरी पनि । प्रत्येक बर्ष मंसिर शुक्ल पक्ष मंसिर महिनामा यो चाड मनाइन्छ । यःमरी पुन्ही नेवार समुदायको एक मौलिक चाडपर्बको रुपमा...

साहित्य प्रतिष्ठान पाल्पाद्वारा प्रतिभा सम्मान तथा कृति विमोचन
शनिबार, पुस ३, २०७८
शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाले प्रतिभा सम्मान तथा कृति विमोचन गरेको छ । प्रतिष्ठानले आफ्नो १६ औं वार्षिक दिवस, ९३ औं कुलमणि देवकोटा जन्मजयन्ति र कमलराज रेग्मी बर्ष पुरस्कार, सम्मान तथा छात्रवृत्ति वितरण समारोहमा प्रतिभा सम्मान तथा कृति विमोचन गरेको हो ।

शाहीको समूह ‘टेक्सटाइल इन्ड्रस्टिज’को अनुसन्धानमा प्रथम
शनिबार, पुस ३, २०७८
तानसेन नगरपालिकाको बडीज्ञानटोलकी निकिता शाहीको समूह साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा पहिलो स्थान हासिल गर्न सफल भएको छ ।

भैंसीपालनबाट मनग्य आम्दानी गर्दै अर्याल
शनिबार, पुस ३, २०७८
स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीकी सीता अर्यालले १५ वर्षदेखि भैंसीपालन गर्दै आएकी छन् । दुई भैंसी पालनबाट व्यवसाय थालेकी उनले गतवर्ष ‘सीता कृषि पशुपालन फर्म’ दर्ता गरी आठ भैंसी पाल्दै आएकी छन् ।

लुम्बिनीमा फुड फेस्टिबल हुँदै
शनिबार, पुस ३, २०७८
यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा फुड फेस्टिबल हुने भएको छ । होटल एशोसियसन लुम्बिनीले नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा फुड फेस्टिबल आयोजना गर्न लागेको हो ।

काँग्रेस रूपान्तरणको आशा
शनिबार, पुस ३, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोररिए पनि अन्य पदाधिकारीमा भने नयाँ अनुहारहरु आएका छन् ।

बेथल स्कुलमा लेखन सम्वन्धी कार्यशाला
शुक्रबार, पुस २, २०७८
तानसेनमा रहेको बेथल बोर्डिङ स्कुलमा लेखन सम्बन्धी कार्यशाला गोष्ठी भएको छ । स्कूलमा गठित बेथल बाल क्लबले विद्यालयको कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको लागि लेख–रचना लेखन सम्वन्धी एक दिने कार्यशाला गोेष्ठी गरेको हो ।

आइतबार सार्वजनिक विदा
शुक्रबार, पुस २, २०७८
सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै उघौली पर्व योमरी पुन्ही, ज्यापू दिवसको अवसरमा देश भरका सम्बन्धित समुदायका लागि र काठमाडौँ उपत्यकाका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गुल्मीमा नेपाल मानव अधिकार वर्षपुस्तक वार्षिक पूर्व समिक्षा
शुक्रबार, पुस २, २०७८
नेपाल मानव अधिकार वर्षपुस्तक २०२२ का लागि सङ्कलन गरिएका घटनाहरुको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रम भएको छ । कार्यक्रममा इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालले मानवअधिकार वर्षपुस्तक सन २०२२ का लागि गुल्मीमा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गरे ।

पाल्पामा पासोमा परेको चितुवाको उद्दार
शुक्रबार, पुस २, २०७८
जिल्लाको तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षितरूपमा उद्धार गरिएको हो ।

यी हुन् काँग्रेस उपसभापति र महामन्त्रीमा निर्वाचित हस्तीहरु
शुक्रबार, पुस २, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको अन्तिम मतपरिणाम आएको छ । बिहीबार प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा निर्वाचित भएका छन् ।