पाल्पा, युनियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी वापतको रकम भुक्तानी गरेको छ । कम्पनी पाल्पा शाखाले जिल्लाको पूर्वखोला गाउँपालिका ५ विरकोटका स्व. ठाकुर सिंह बाह्रघरेको परिवारलाई बिमा दाबी बापतको रकम हस्तान्तरण गरेको हो ।
कम्पनीले एक औपचारिक कार्यक्रमका बिच बाह्रघरेको श्रीमती यमकुमारी बाह्रघरेलाई ५ लाख ४२ हजारको चेक हस्तान्तरण गरेको छ । उक्त चेक पाल्पा शाखाका शाखा प्रवन्धक देवी थापा मगर र वडा अध्यक्ष धनबहादुर सिंजालीले संयुक्त रुपमा मृतकको श्रीमती यमकुमारीलाई हस्तान्तरण गरेका हुन् । मृतक बाह्रघरेको कोरोनाका कारण मृत्यु भएको थियो । मृतक बाह्रघरेले युनियन लाइफ इन्स्योरेन्समा बिमा गराएका थिए । कम्पनीले मृतकको श्रीमती बाह्रघरेलाई बिमाड्ढ दावी बापतको रकम उपलब्ध गराएको हो ।
बिमा रकम हस्तान्तरण गर्दै कम्पनी पाल्पा शाखाकी प्रवन्धक थापाले प्राप्त रकमले मृतकको परिवारलाई ठूलो राहत मिल्नेमा विश्वास व्यक्त गरिन् । उनले बिमा गराउँदा आर्थिक सुरक्षा समेत हुने बताईन् । वडा अध्यक्ष सिंजालीले बिमितको मृत्यु भए पनि परिवारलाई आर्थिक बोझ हुनबाट बिमाले महत्वपूर्ण टेवा पुगेको बताए । मृत्यु दावी रकम बुझ्दै मृतक बाह्रघरेको श्रीमती यमकुमारीले दुःखमा पनि कम्पनीले देखाएको सहयोग र सद्भावले आफुमा खुसीका आशु आएको बताईन् । कम्पनीले बिमाबापतको दावी भुक्तानी रकम समयै दिदै आएको छ ।