Shittalpati
कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत रकम

पाल्पा, जिल्लाको निस्दी गाउँपालिकाले कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको परिवारलाई राहत रकम दिएको छ । कोरोनाका कारण मृत्यु भएका गाउँपालिका भित्रका ७ जनाको परिवारलाई गाउँपालिकाले २५/२५ हजारका दरले राहत रकम दिएको हो ।

उसले कार्यपालिका बैंठकबाटै कोरोनाका कारण ज्यान गुमाएकाको परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरे अनुरुप रकम उपलब्ध गराइएको जनाएको छ । गाउँपालिकाले कोभिड–१९ का कारण ज्यान गुमाएका आफन्तहरुलाई एक औपचारिक कार्यक्रमका बिच सो राहत रकम दिएको हो । रकम गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले मृतका परिवारलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष सारुले सहयोग रकमले परिवारलाई केही भए पनि राहत मिल्नेमा विश्वास व्यक्त गरे । उनले भने ‘कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ, स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो ।’ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले यस अघि नै कोरोनाका कारण ज्यान गुमाएकाहरुको परिवारलाई २५/२५ हजार दिने निर्णय गरे अनुसार रकम दिदै आइएको बताए । गाउँपालिका भित्र अहिले सम्म १० जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update