पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो
शुक्रबार, जेठ २०, २०७९
शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल’ गीत सार्वजनिक
शुक्रबार, जेठ २०, २०७९
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाएका पाल्पाली गायकको शिरीष देवकोटाको नयाँ राइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ । कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो बुधबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
आवधिक योजना बनाउँदै रेसुङ्गा नगर सरकार
शुक्रबार, जेठ २०, २०७९
देश संघीय व्यवस्थामा गएपछि दोस्रो निर्वाचित स्थानीय सरकारले काम थालेका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरे लगत्तै सस्तो लोकप्रियता बढाउने खालका निर्णय गरिहेका छन् । स्थानीय सरकार जनता नजिकको सरकार पनि हो । जनतालाई नजिकबाट सुन्ने, देख्ने र हेर्ने स्थानीय सरकार नै हो
रेडक्रसको स्वर्ण महोत्सव : सुत्केरीलाई यातायात खर्च
शुक्रबार, जेठ २०, २०७९
रामपुर नगरपालिका–७ बत्तरकोतकी अर्चना गौतमले सुत्केरी यातायात खर्चबापत तीन हजार ३ सय ७५ रकम बुझिन् । उनलाई नेपाल रेडक्रस शोसाइटी रामपुर उपशाखामार्फत सो रकम प्राप्त भएको हो । रामपुरदेखि जिल्ला सदरमुकाम तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाससम्मको यातायात खर्च रेडक्रस मार्फत पाउँदा उनी खुसी छन् ।
प्रदेश र संघीय निर्वाचन मंसिरभित्रै गर्ने तयारी
शुक्रबार, जेठ २०, २०७९
प्रदेश र संघीय निर्वाचन आगामी मंसिर भित्रै गर्ने तयारी सरकार र आयोगले गरेका छन् । निर्वाचन मंसिरभित्र हुने कि नहुने भन्ने अन्यौल भइरहेका बेला निर्वाचन आयोग र सरकारले तयारी थालेका हुन् ।
एनसेलले ल्यायो अनलिमिटेड डेटा
शुक्रबार, जेठ २०, २०७९
एनसेलले अनलिमिटेड डेटा ल्याएको छ । एनसेलले आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी आकर्षक सहितको अनलिमिटेड डेटा ल्याएको हो ।
एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
पाल्पाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित
बिहीबार, जेठ १९, २०७९
जिल्लाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यहाँका तानसेन नगरपालिका, रैनादेवी हछरा गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र माथागढी गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका हुन् । तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
पाल्पाका व्यवसायीहरूको नापतौल यन्त्र जाँच
बिहीबार, जेठ १९, २०७९
जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय बुटवलको टोलीले नापतौल यन्त्रहरु नापजाँच गरेको हो । टोलीले सोमबारदेखि वाणिज्य संघको सभाहलमा व्यवसायीहरुको नापतौल यन्त्र नापजाँच गरेको छ । आज भने टोलीले आर्यभञ्ज्याङ्गमा नापजाँच...
लुम्बिनीमा नीति तथा कार्यक्रम ल्याउने तयारी
बिहीबार, जेठ १९, २०७९
लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रदेश सरकार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको हो । अहिले प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भइरहेको छ ।
मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
बुधबार, जेठ १८, २०७९
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका –४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।
तानसेनमा कार्यपालिका सदस्य निर्वाचित
बुधबार, जेठ १८, २०७९
तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने
बुधबार, जेठ १८, २०७९
सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो । रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचना सहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका हुन् ।
रेसुङ्गा नगरप्रमुख पन्थीले गरे सडक खण्डको अनुगमन
बुधबार, जेठ १८, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लालाई जोड्ने बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अनुगमन गरेका छन् । जिल्लालाई बुटवलसँग जोड्ने द्रुतमार्गको रुपमा रहेको यस सडक खण्डको अनुगमन नगरप्रमुख पन्थीले गरेका हुन् ।


