पर्यटक लोभ्याउने गुल्मीको धुवाखोला होमस्टे
बिहीबार, चैत १०, २०७८

हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, चैत ९, २०७८
जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजतप्राप्त हातहतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ । स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार प्रहरीमार्फत बुझाउन आग्रह गरेको हो ।

शिक्षासेवी गौतमद्वारा विद्यार्थीलाई खाजा सामग्री
बुधबार, चैत ९, २०७८
जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवाका शिक्षासेवी सन्तोष गौतमले विद्यार्थीहरुलाई खाजा सामग्री दिएका छन् । उनले सत्यवतीका तीन विद्यालयका विद्यार्थीहरुलाई खाजा सामग्री दिएका हुन् । गौतमले जनता मावि अस्लेवा, द्वागा प्रावि र मचाकोट प्राविमा पुगी यहाँ अध्ययनरत विद्यार्थीहरुलाई ग्लुकोज, पानी पिउने बोतल र टिफिन वक्स वितरण गरेका छन् ।

देशभर यातायात कार्यालय अनिश्चतकालका लागि बन्द
बुधबार, चैत ९, २०७८
देशभरका यातायात कार्यालय अनिश्चितकालका लागि बन्द हुने भएका छन् । यातायात व्यवस्था विभागले एक सूचना जारी गरी देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्न लागेको जनाएको छ ।

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बुधबार, चैत ९, २०७८
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, दाङ र बर्दियामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो ।

अदुवा बजारीकरणमा समस्या, बारीमै कुहाउन कृषक बाध्य
बुधबार, चैत ९, २०७८
बारीभरि लगाएका अदुवाको उत्पादन लिने समय भयो कि बजारकै चिन्ताले पिरोल्ने गरेको बगनासकालीका अदुवा व्यवसायी पशुपति बस्यालको गुनासो छ । अदुवाको बजार भारतमै निर्भर रहँदा पछिल्ला वर्षमा बजार समस्या निम्तिएको उनी बताउँछन् । भारतीय बजारलाई लक्षित गरी यहाँका कृषकले अदुवा उत्पादन गर्दै आएका छन् ।

सर्वसाधारणलाई शेयर जारी गर्दै बलेफी हाइड्रोपावर
बुधबार, चैत ९, २०७८
बलेफी हाइड्रोपावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अड्ढित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९ सय ७० रुपैयाँ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री...

गंगा, जमुना लघु चलचित्र प्रदर्शन
बुधबार, चैत ९, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिकामा गंगा, जमुना लघु चलचित्र प्रदर्शन गरिएको छ । मोहन कन्या जागृती बाल क्लब द्वारा निर्मित म्याप नेपालको सहयोगमा बनेको बाल विवाह रोकथाम विषयक गंगा जमुना लघु चलचित्र एक कार्यक्रमका बिच गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरिएको हो ।

रेसुङ्गामा हिल टंकी, बलाङ्केट र धागो वितरण
मंगलबार, चैत ८, २०७८
जिल्लाको रेसुङ्गा नगरपालिकामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम गरिएको छ । नगरपालिकाको वडा २ को आयोजनामा सामाजिक तथा समावेशी लक्षित कार्यक्रम अन्तर्गत हिल टंकी, बलाड्ढेट र धागो वितरण गरिएको हो । वडा २ का लक्षित लाभग्राहीलाई ३४ थान टंकी, ४६ थान बलाड्ढेट र ५८ जनालाई धागो बितरण गरिएको वडाध्यक्ष उदय...

चैत्र १७ देखि अर्गली–पाल्पा महोत्सव हुने
मंगलबार, चैत ८, २०७८
पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा यही चैत्र १७ गतेदेखि अर्गली– पाल्पा महोत्सव हुने भएको छ । अर्गली जनचेतना युवा मञ्चको आयोजना र तानसेन नगरपालिका १४ को सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म अर्गली–पाल्पा महोत्सव हुने भएको हो ।

विद्यालय हिँडेका दुई किशोर बेपत्ता
मंगलबार, चैत ८, २०७८
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् ।

पाल्पामा म्यादी प्रहरीमा भर्ना हुनेको भिड, युवाहरु भन्छन् ‘रहर होइन बाध्यता’
मंगलबार, चैत ८, २०७८
जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भीड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ–गाउँबाट आएका युवाहरु विहानैदेखि जिल्ला प्रहरी कार्यालय अगाडि लाइन बसेका छन् । भर्ना हुनका लागि पुरुषसँगै महिलाको सहभागिता पनि...

आज विश्व पानी दिवस मनाइदैं
मंगलबार, चैत ८, २०७८
आज विश्व पानी दिवस नेपालमा पनि मनाइँदै छ । पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ मंगलबार विश्व पानी दिवस मुलुकभर मनाउन लागिएको हो ।