छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
शुक्रबार, असार २४, २०७९
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?
शुक्रबार, असार २४, २०७९
प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् ।
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६० प्रतिशत, खर्च गर्न प्रदेश सरकार कमजोर
शुक्रबार, असार २४, २०७९
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा ६० प्रतिशत मात्र बजेट खर्च गरेको छ । असार २२ गतेसम्मको तथ्याङ्कलाई हेर्दा प्रदेश सरकारले ६०.८९ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो
बिहीबार, असार २३, २०७९
लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा पाल्पा, कपिलवस्तु र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गएको हो ।
असार २६ गते सार्वजनिक बिदा
बिहीबार, असार २३, २०७९
इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले यही असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले एक...
अर्थमन्त्रीले दिए राजीनामा
बुधबार, असार २२, २०७९
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
रामपुरमा एक वृद्ध मृत फेला
बुधबार, असार २२, २०७९
जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । रामपुर नगरपालिका ७ विजयपुरस्थित चोक सडक छेउमा ६९ वर्षीय भुवन दमाई मृत फेला परेका हुन् ।
विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो
बुधबार, असार २२, २०७९
विषादी सेवनबाट पाल्पाको रामपुरमा एक वृद्धको ज्यान गएको छ । आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गरी रामपुर नगरपालिका १ आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको हो ।
रैनादेवी छहरा बन्यो ‘पूर्ण खोप सुनिश्चित पालिका’
बुधबार, असार २२, २०७९
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार स्वास्थ्य तथा सरसरसफाइ स्थानीय सरकारको एकल अधिकारको हो । यसको सुरुवात खोपको सुनिश्चितता भएपछि मात्रै सम्भव हुन्छ ।
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन
बुधबार, असार २२, २०७९
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन् । प्रदेशसभामा विभिन्न विषयगत सातमध्ये चार समितिको नेतृत्व एकवर्ष भन्दा बढी समयदेखि रिक्त रहेका छन् । समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन ...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बुधबार, असार २२, २०७९
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य फेरी बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक लिटर पेट्रोलमा २ रूपैयाँ र डिजेल/मटीतेलमा ९ रूपैयाँ र आन्तरिक हवाई इन्धनमा ५ रूपैयाँ बढाएको हो ।
एकै दिन ९० जनामा कोरोना
मंगलबार, असार २१, २०७९
एकै दिन ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।


