Shittalpati
तानसेनमा कार्यपालिका सदस्य निर्वाचित
तानसेनमा कार्यपालिका सदस्य निर्वाचित तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने
रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो । रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचना सहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताएका हुन् ।
रेसुङ्गा नगरप्रमुख पन्थीले गरे सडक खण्डको अनुगमन
रेसुङ्गा नगरप्रमुख पन्थीले गरे सडक खण्डको अनुगमन गुल्मीको रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लालाई जोड्ने बुटवल–सालझण्डी–पटौटी–खज्र्याङ्ग–तम्घास सडकको अनुगमन गरेका छन् । जिल्लालाई बुटवलसँग जोड्ने द्रुतमार्गको रुपमा रहेको यस सडक खण्डको अनुगमन नगरप्रमुख पन्थीले गरेका हुन् ।
ग्लोबल बैंकका ग्राहकलाई १० प्रतिशत क्यासब्याक योजना
ग्लोबल बैंकका ग्राहकलाई १० प्रतिशत क्यासब्याक योजना ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई मिनिसो र मिसियोका स्टोरहरूबाट सामान किन्दा १० प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले अन्तर्राष्ट्रिय ब्राण्डहरू मिनिसो र मिसियोसँग साझेदारी गरी यो योजना सार्वजनिक गरेको हो ।
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो ।
मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय
मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ । तारा एअरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो ।
बजेटमा लुम्बिनी प्रदेश
बजेटमा लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी प्रदेशमा महत्वपूर्ण गौरवका आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशमा अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, जलविद्युत्, सिँचाइ, शिक्षा, सडक–पूर्वाधार र सुरुङमार्ग लगायतका आयोजनालाई प्राथमिकता दिइएको छ ।
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गर्दै आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ । दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ ।
वडाबाटै निःशुल्क स्वास्थ्य बिमा र शिक्षा
वडाबाटै निःशुल्क स्वास्थ्य बिमा र शिक्षा जिल्लाको रेसुङ्गा नगरपालिका ४ को वडा कार्यालयले निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने भएको छ । नवनिर्वाचित वडाध्यक्ष लिलाधर आचार्यले वडामा पदभार ग्रहण गरेसँगै वडाका विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने लोकप्रिय निर्णय गरेका हुन् ।
कर्मचारीको तलब १५ प्रतिशत वृद्धि, कसको कति ?
कर्मचारीको तलब १५ प्रतिशत वृद्धि, कसको कति ? सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ बाट लागू हुने गरी सरकारी कर्माचारीको तलबमा १५ प्रतिशत वृद्धि गरिएको बताए । सरकारले खाइपाई आएको महँगी भत्तालाई समेत निरन्तरता दिएको छ ।
जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो
जहाज दुर्घटना : तेह्र जनाको शव भेटियो मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरेमा भएको तारा एयरको जहाज दुर्घटनास्थलमा १३ जनाको शव भेटिएको छ । दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मी र स्थानीयले आज बिहान १०ः३० बजेसम्म १३ जनाको शव भेटाएको जिल्ला प्रशासन कार्यालय, मुस्ताङले जनाएको छ । कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले क्षत्विक्षत बनेको जहाजले थिचेका शव पहिचान गर्ने काम भइरहेको बताए...
सरकारको बजेटको प्राथमिकता : कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन
सरकारको बजेटको प्राथमिकता : कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र पर्यटन सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमान विवरण प्रस्तुत गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब...
Weather Update