Shittalpati
भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम
भीरकोटमा आर्थिक उपार्जन गर्न पकेट कार्यक्रम स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक उपार्जनका लागि बंगुर, बाख्रा र सुन्तला पकेट कार्यक्रम सुरु गरेको छ । नगरपालिकाका नौवटै वडाका आर्थिक र सामाजिक हिसाबले पछाडी परेकालाई स्वावलम्बी बनाउने लक्ष्यसहित पालिकाले पकेट कार्यक्रम सुरु गरेको हो ।
कालीगण्डकीद्वारा २० युनिट बिजुली निःशुल्क
कालीगण्डकीद्वारा २० युनिट बिजुली निःशुल्क स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी गर्ने निर्णय गरेको हो । गाउँपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरी ६/६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी...
मंसिर २३ भित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने
मंसिर २३ भित्र जग्गा वर्गीकरण गरिसक्नुपर्ने देशभरका सबै स्थानीय सरकारहरुले मंसिर २३ गतेभित्र जग्गाको वर्गीकरण गरिसक्नु पर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गर्न परिपत्र गरेकाले समयमै वर्गीकरण गर्नुपर्ने भएको हो ।
अन्धकारमुक्ति सहकारी लुम्बिनीकै उत्कृष्ट
अन्धकारमुक्ति सहकारी लुम्बिनीकै उत्कृष्ट अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आफ्नो ३५ औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
८ सय ५२ नयाँ संक्रमित थपिए
८ सय ५२ नयाँ संक्रमित थपिए पछिल्लो २४ घण्टामा ८ सय ५२ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । देशका विभिन्न स्थानमा गरिएको कोरोना परीक्षणमा थप ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित
काँग्रेस केन्द्रीय सदस्यमा १० महिला मनोनित नेपाली काँंग्रेसले १० जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले १० जनालाई काँग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।
दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक : मन्त्री चौधरी
दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक : मन्त्री चौधरी शहरी विकास मन्त्री मेटमणी चौधरीले दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा बुधबार आयोजना गरेको गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनमा रहेका ठूला पार्टी, साना पार्टी एक्ला एक्लै मैदानमा उत्रिदा सबैको अस्तित्व खुम्चिने भएकाले आफ्नो अस्तित्व जोगाउनका लागि भए पनि गठबन्धन...
हराउँदै गयो जात्राको रौनक
हराउँदै गयो जात्राको रौनक गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्याएर कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै जाने गर्दथे । हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिदैन । पाल्पामा देखाइने गाईजात्रा, रोपाइँजात्रा,...
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’
‘विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता’ लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पाल्पाको समग्र विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ पाल्पाको आयोजित दोस्रो तथा तेस्रो साधारणसभाको समुद्घाटनमा मन्त्री रानाले पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
विद्युत प्राधिकरण पाल्पाद्वारा वार्षिकउत्सवमा रक्तदान
विद्युत प्राधिकरण पाल्पाद्वारा वार्षिकउत्सवमा रक्तदान नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकउत्सवको अवसरमा पाल्पा वितरण केन्द्र तानसेन पाल्पाले कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान अभियानका साथ विद्युत प्राधिकरण पाल्पा शाखाले नेपाल रेडक्रस शोसाइटी पाल्पाको समन्वय र लुम्बिनी मेडिकल कलेज प्रभासको प्राविधिक सहयोगमा कार्यालयका कर्मचारीहरुले रक्तदान गरेका हुन् ।
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु तानसेन ८, जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा मादकपदार्थ सेवन गरी लडेका विक्रम श्रेष्ठको मृत्यु भएको छ । मंगलबार बिहान मादकपदार्थ सेवन गरी लडेका २५ वर्षिय विक्रम श्रेष्ठको मृत्यु भएको हो ।
उपचारको नाममा र्‍याल काढ्ने प्रदेश सांसदहरू
उपचारको नाममा र्‍याल काढ्ने प्रदेश सांसदहरू नेकपा एमालेका प्रदेश सांसद डा.पुरनमान बज्राचार्य सहितका धेरै जसो लुम्बिनी प्रदेश सांसदहरुले औषधि उपचारका नाममा लिएको रकमको विषयमा अहिले व्यापक चर्चा परिचर्चा भएको छ । आर्थिक रुपमा बलिया भए पनि सामन्य उपचारमा राज्यकोषको झण्डै आधा करोड रकम खर्च भएपछि अहिले चर्चाले व्यापकता पाएको हो । प्रदेश सांसद ब्रजाचार्य सपन्नशाली र...
Weather Update