बाँदरले सताएपछि वैकल्पिक खेती
शनिबार, जेठ २१, २०७९

नेपाली काँग्रेस रम्भाका नेता फाल सहित ४ जना एमालेमा प्रवेश
शुक्रबार, जेठ २०, २०७९
नेपाली काँग्रेस रम्भा गाउँपालिकाका नेता अशोक कुमार फाल सहित ४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले पार्टी कार्यालय तानसेनमा पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा काँग्रेस नेता फाल सहित ४ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । नेता फाल सहितका कार्यकर्तालाई एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे र लुम्विनी...

सवारी साधनको भाडा घट्यो, कहाँ जान कति ?
शुक्रबार, जेठ २०, २०७९
यातायात व्यवस्था विभागले पेट्रोलिम पदार्थको मूल्य घटेसँगै सवारी साधनको भाडा घटाएको छ । विभागले शुक्रबारदेखि लागू हुनेगरी अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । भाडा समायोजना भएसँगै यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो
शुक्रबार, जेठ २०, २०७९
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको जनाएको छ ।

शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल’ गीत सार्वजनिक
शुक्रबार, जेठ २०, २०७९
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाएका पाल्पाली गायकको शिरीष देवकोटाको नयाँ राइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ । कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो बुधबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

आवधिक योजना बनाउँदै रेसुङ्गा नगर सरकार
शुक्रबार, जेठ २०, २०७९
देश संघीय व्यवस्थामा गएपछि दोस्रो निर्वाचित स्थानीय सरकारले काम थालेका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरे लगत्तै सस्तो लोकप्रियता बढाउने खालका निर्णय गरिहेका छन् । स्थानीय सरकार जनता नजिकको सरकार पनि हो । जनतालाई नजिकबाट सुन्ने, देख्ने र हेर्ने स्थानीय सरकार नै हो

रेडक्रसको स्वर्ण महोत्सव : सुत्केरीलाई यातायात खर्च
शुक्रबार, जेठ २०, २०७९
रामपुर नगरपालिका–७ बत्तरकोतकी अर्चना गौतमले सुत्केरी यातायात खर्चबापत तीन हजार ३ सय ७५ रकम बुझिन् । उनलाई नेपाल रेडक्रस शोसाइटी रामपुर उपशाखामार्फत सो रकम प्राप्त भएको हो । रामपुरदेखि जिल्ला सदरमुकाम तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभाससम्मको यातायात खर्च रेडक्रस मार्फत पाउँदा उनी खुसी छन् ।

प्रदेश र संघीय निर्वाचन मंसिरभित्रै गर्ने तयारी
शुक्रबार, जेठ २०, २०७९
प्रदेश र संघीय निर्वाचन आगामी मंसिर भित्रै गर्ने तयारी सरकार र आयोगले गरेका छन् । निर्वाचन मंसिरभित्र हुने कि नहुने भन्ने अन्यौल भइरहेका बेला निर्वाचन आयोग र सरकारले तयारी थालेका हुन् ।

एनसेलले ल्यायो अनलिमिटेड डेटा
शुक्रबार, जेठ २०, २०७९
एनसेलले अनलिमिटेड डेटा ल्याएको छ । एनसेलले आफ्ना ग्राहकहरुलाई मध्यनजर गरी आकर्षक सहितको अनलिमिटेड डेटा ल्याएको हो ।
एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

पाल्पाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित
बिहीबार, जेठ १९, २०७९
जिल्लाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यहाँका तानसेन नगरपालिका, रैनादेवी हछरा गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र माथागढी गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका हुन् । तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

पाल्पाका व्यवसायीहरूको नापतौल यन्त्र जाँच
बिहीबार, जेठ १९, २०७९
जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय बुटवलको टोलीले नापतौल यन्त्रहरु नापजाँच गरेको हो । टोलीले सोमबारदेखि वाणिज्य संघको सभाहलमा व्यवसायीहरुको नापतौल यन्त्र नापजाँच गरेको छ । आज भने टोलीले आर्यभञ्ज्याङ्गमा नापजाँच...

लुम्बिनीमा नीति तथा कार्यक्रम ल्याउने तयारी
बिहीबार, जेठ १९, २०७९
लुम्बिनी प्रदेश सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रदेश सरकार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको हो । अहिले प्रदेश सरकारले तयार गरेको नीति तथा कार्यक्रमको मस्यौदामाथि छलफल भइरहेको छ ।