नवजनचेतना राष्ट्रिय दैनिक २०७९ असार २ गते बिहीबार
बिहीबार, असार २, २०७९
प्रदेशको ध्यान बजेटमा
बुधबार, असार १, २०७९
संघीय सरकारले बजेट ल्याएसँगै प्रदेश सरकारहरु आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउने ध्याउन्नमा छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा (२) अनुसार प्रदेश सरकारले प्रत्येक वर्षको असार १ गते आगामी आर्थिक वर्षको राजस्व र आय व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था छ। असार १० गते भित्रै...
रक्तदाता दिवसको सार्थकता
मंगलबार, जेठ ३१, २०७९
आज विश्व रक्तदाता दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । रक्तदान अभियानमा साथ रहौँ, जीवन बचाऔँ भन्ने नाराका साथ यो वर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १४ मा यो दिवस मनाउने गरिन्छ ।
सरकार किसानको पीडा बुझ
सोमबार, जेठ ३०, २०७९
हरेक वर्ष किसानले भोग्नु पर्ने समस्या यस पटक पनि दोहोरिएको छ । मकैमा मल राख्नुपर्ने बेला भो, धान रोप्ने तयारीमा किसान छन् । तर मल नपाएर किसानहरु छट्पटिएका छन् ।
बालश्रम विरुद्ध दिवसको औचित्य
आइतबार, जेठ २९, २०७९
बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने काम गराउनु नै बालश्रम हो । बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टामा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुने गरी काममा लगाउनु हुँदैन । यति त्यसो गरियो भने त्यो बालश्रम हो ।
वर्षा सुरू : उच्च सतर्कता अपनाऔं
शुक्रबार, जेठ २७, २०७९
सधैं जेठ ३० आसपास भित्रिने मनसुन यो वर्ष एक साताअघि २२ जेठ मै भित्रिएको छ । मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने आकलन गरेका छन् । पूर्वी नेपालबाट यस वर्षको मनसुनी सुरु भएको हो । मनसुन अवधिभर यो वर्ष देशभर ठूलो वर्षा हुने आंकलन गरिएको छ ।
खाद्य स्वच्छताप्रति गम्भीर बन
बिहीबार, जेठ २६, २०७९
पछिल्ला दिनहरुमा बजारमा अखाद्यवस्तुहरुको विक्री वितरण खुलमखुला रुपमा हुने गरेका छन् । अखाद्यवस्तुको विक्री वितरणले उपभोक्ताको स्वास्थ्यमाथि नराम्रोसँग असर गरेको छ । अखाद्यवस्तुकै कारण मानिसहरुमा विभिन्न किसिमका रोगहरु लाग्ने गरेका छन् । बजारमा अखाद्य वस्तु विक्री वितरण नहोस् भन्ने उद्देश्यले हरेक वर्ष खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता...