नवजनचेतना राष्ट्रिय दैनिक २०७९ असार ३० गते बिहीबार
बिहीबार, असार ३०, २०७९
आज भानु जयन्ती मनाइँदै
बुधबार, असार २९, २०७९
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । भानुभक्तको योगदानको स्मरण गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने गरिएको हो ।
पाल्पा सिमेन्टले थाल्यो भारतमा निर्यात
आइतबार, असार २६, २०७९
अधिकांश वस्तु विदेशबाट आयात गर्दा मुलुकको व्यापार घाटा बढिरहेको अवस्थामा पाल्पा सिमेन्ट इण्डष्ट्रिजले भने आफ्नो उत्पादन भारतीय बजारमा विस्तार गरेको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको उद्योगले तानसेन ब्राण्डको तयारी सिमेन्ट पहिलो पटक भारतीय बजारमा विस्तार गरेको हो ।
विपद्मा सतर्कता आवश्यक
आइतबार, असार २६, २०७९
यति बेला नेपालमा मनसुन सक्रिय भएको छ । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यतथा लिनु हुँँदैन ।
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
आइतबार, असार २६, २०७९
मनसुन भित्रीएता पनि नेपालमा आजका मितिसम्म यसले खासै ठूलो समस्या निम्त्याएको छैन । त्यसैले होला तीनवटै सरकारले यसको पूर्व तयारीमा खासै ध्यान दिएको पाईदैन । आँखा अगाडि नै समस्या नदेखिने समयसम्म बेवनस्था गर्ने हाम्रो बानीले यसमा पनि अछुतो रहन सकेको देखिदैन ।
गठबन्धनको राजनीति
बुधबार, असार २२, २०७९
देशले राजनैतिक अन्यौलताको व्ययभार बेहोर्ने पक्का जस्तै देखिएको छ । प्रतिगमनको आधारलाई प्राथमिकता दिने सोंचका साथ फेरी पनि वाम गठबन्धनका आवाजहरु गुञ्जिन थालेपछि मुलुक अर्को पटक फेरी पनि राजनैतिक अस्थिरताको शिकार हुने खतरा बढेर गएको छ ।
बाढी पहिरोसँगै सरुवा रोगको जोखिम
मंगलबार, असार २१, २०७९
असार, साउन महिना बर्खाको समय हो । बर्खा लाग्नु भनेको खेतीपातीको याममात्रै होइन यो विपद् र सरुवा रोगको प्रकोप देखा पर्ने याम पनि हो । नेपालमा बर्सेनि बाढी पहिरोको विपद् नियमित जस्तो छ ।
परिचर्चाको राजनीति
सोमबार, असार २०, २०७९
नेपाली राजनैतिक वृत्तमा अहिले असार १७ को हल्लाले बजार तातेको छ । मुलुकका हरेक परिवर्तनमा असार १७ को योगदान ठूलो भएर होला अहिले यो हल्ला व्यापक रुपमा बढेको देखिन्छ । ओलीका रसीला टुक्का र देउवाका ज्योतिषी पाराले गर्दा हरेक ठूलादलहरु भित्र नयाँ तरंग मौलाएको अवस्था प्रति हरेक कोणबाट हेर्नेहरुका लागि...
सहकारी दिवसको औचित्य
शनिबार, असार १८, २०७९
आज अन्तर्राष्ट्रिय सहकारी दिवस । प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले सन् १९२३ देखि विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदै आएको छ ।