नवजनचेतना राष्ट्रिय दैनिक २०७९ जेठ २५ गते बुधबार
बुधबार, जेठ २५, २०७९
सवारी दुर्घटना नियन्त्रणमा ध्यान देऊ
मंगलबार, जेठ २४, २०७९
नेपालमा सवारी दुर्घटना बढ्दै गएको छ । यहाँ दैनिकजसो ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । दुर्घटनाबाट धेरै व्यक्तिको मृत्युमात्रै भएको छैन, कयौँ व्यक्तिहरुको अङ्गभङ्ग समेत भएको छ । पछिल्ल्लो घटना आइतबार रुपन्देहीको रोहिणी खोलामा बस खस्दा ९ जनाको ज्यान गएको छ भने २३ जना घाइते अवस्थामा छन् ।
किसानलाई समयमै मल देऊ
सोमबार, जेठ २३, २०७९
यस पटक पनि रोपाइँको बेलामा किसानले मल नपाउने स्थिति देखा परेको छ । देशाका अधिकांस जिल्लाहरुमा यति बेला मल अभावका समाचारहरु बाहिर आएका छन् । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा किसान समस्यामा परेका छन् ।
वातावरण संरक्षण आवश्यक
आइतबार, जेठ २२, २०७९
पछिल्लो समय वातावरणीय समस्या एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ । मानव जीवनसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने वातावरण दिनहुँ बिग्रदै जानाले मानवको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढेको छ । एकातर्फ विश्वको जनसंख्या प्रत्येक वर्ष करोडौंको संख्यामा वृद्धि भइरहेको छ भने अर्कातर्फ आफ्नो दैनिक जीवनयापनका लागि वातावरणमा नै भर...
कृषिको बजेट कर्मकाण्ड मात्र
शुक्रबार, जेठ २०, २०७९
नेपाल कृषि प्रधान देश हो । तर अधिकांश कृषिजन्यवस्तु बाहिरबाट आयत गर्नु परेको छ । सरकारले हरेक वर्ष कृषिमा राम्रै बजेट विनियोजन गर्छ । यो आफैमा राम्रो हो । तर विडम्बना भन्नुपर्छ बजेट कार्यान्वयन नहुँदा वर्षेनी ठूलो परिणाममा कृषिजन्य वस्तु बाहिरबाट आयात गर्नु परेको छ । खाद्यान्नमध्ये पनि चामलको आयात...
माथागढीमा व्यवस्थित वस्तीका लागि गुरुयोजना बनाउन छलफल
बिहीबार, जेठ १९, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले व्यवस्थित बस्ती निर्माणका लागि गुरुयोजना बनाउन वस्तीस्तरमा छलफल अगाडि बढाएको छ । उसले पालिका भित्र रहेका शहरी वस्तीहरुलाई व्यवस्थित बनाउन गुयोजनाका लागि छलफल चलाएको हो । मानव वस्तीको विकास बढ्दै गएकाले त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा वस्तीस्तरबाटै छलफल गरी गुरुयोजना बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर...
सुरक्षित हवाई उडानमा ध्यान देऊ
बिहीबार, जेठ १९, २०७९
नेपालमा विमान दुर्घटना पटक–पटक दोहोरिने गरेका छन् । आइतबार पनि मुस्ताङको थासाङ गाउँपालिकाको सानुसरे भीरमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित २२ जनाको मृत्यु भयो । तारा एयरको पोखराबाट जोमसोमतर्फ जाँदै गरेको विमान प्रतिकूल मौसमका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ ।
स्थानीय तहमा नीति, कार्यक्रम र बजेटको तयारी
बुधबार, जेठ १८, २०७९
स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरी रहेका छन् । यही असार १० भित्र ल्याउनुपर्ने बजेटका लागि स्थानीय तह अहिले तयारीमा जुटेका छन् । स्थानीय तहले असार १० गते भित्र आगामी आर्थिक वर्षको लागि बजेट ल्याउनु पर्ने हुन्छ ।