रामबहादुरकै सारङ्गीमा अडिएको पाल्पाको मालश्री परम्परा
सोमबार, कात्तिक ९, २०८३
आज फूलपाती भित्र्याइँदै, दसैँको रौनक बढ्दै
शनिबार, असोज ३१, २०८३
नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज घर–घर तथा शक्तिपीठहरूमा विधिपूर्वक फूलपाती भित्र्याइँदै छ । दसैँको सातौँ दिन फूलपाती भित्र्याउने परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गर्दै शुभ साइतमा फूलपाती भित्र्याउने गरिन्छ ।
आज विश्व खाद्य दिवस मनाइँदै
शुक्रबार, असोज ३०, २०८३
विभिन्न कार्यक्रम गरी आज ४६ औँ विश्व खाद्य दिवस मनाइँदै छ । हरेक वर्षको १६ अक्टोबरमा यो मनाइने गरिन्छ । खाद्य सुरक्षा, पोषणयुक्त खानाको महत्व तथा भोकमरी अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
ग्रामीण महिलाको योगदानको सम्मान गर्दै उनीहरूको अधिकार, समानता र सशक्तीकरणका विषयलाई प्राथमिकतामा राखेर आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै छ ।
आज विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ ।
पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाँच
मंगलबार, असोज २७, २०८३
दुई दशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँ गाउँबाट मानिस तानसेन आउँथे । लाखेनाचको छुट्टै रौनक हुन्थ्यो । दुई÷चार दिन तानसेनका होटल र पाटीपौवामा बास बसेर उनीहरुले नाच हेरेर फर्कन्थे । मइन्टोल, लाल्टिन बालेर नाच हेर्ने गरिन्थ्यो । लाखे नाँच भनेपछि केटाकेटीदेखि बुढाबूढीसम्म घण्टौँ हिँडेरै तानसेन हेर्न आउँथे तर अहिले भने धेरैजसो...
दसैंघर र कोतघरमा राखियो जमरा
सोमबार, असोज २६, २०८३
यस वर्षको वडा दसैं आइतबारबाट सुरू भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा घर–घरमा दसैंको जमरा राखिएको छ । विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११ :४७ बजे जमरा राखिएको हो ।
घटस्थापनासँगै पाल्पाका शक्तिपीठमा भक्तजनको चहलपहल
आइतबार, असोज २५, २०८३
बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा पाल्पाका विभिन्न शक्तिपीठ तथा देवी भगवतीका मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । नवरात्र प्रारम्भ भएसँगै जिल्लाका देवी मन्दिरहरूमा बिहानैदेखि पूजापाठ, दर्शन तथा भजनकीर्तन गर्ने भक्तजनको भीड लागेको हो ।
बडा दसैं सुरु, आज घटस्थापना
आइतबार, असोज २५, २०८३
नेपालीहरूको महान् चाड विजया दशमी अर्थात् बडा दसैं आइतबार (आज) देखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना अर्थात् जमरा राख्ने गरिन्छ । यो पर्व १५ दिनसम्म धूमधामका साथ मनाइन्छ ।
सकियो सोह्र श्राद्ध
आइतबार, असोज २५, २०८३
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष शनिबार अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिएको छ ।
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
शनिबार, असोज २४, २०८३
आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । मानसिक स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्षको अक्टोबर १० तारिखमा यो दिवस मनाईन्छ । सन् १९९२ देखि अक्टोबर १० तारिखमा दिवस मनाउने गरिएको हो ।
आज विश्व हुलाक दिवस मनाइँदै
शुक्रबार, असोज २३, २०८३
आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको अक्टोबर ९ तारिखका दिन मनाइने यो दिवस नेपालसहित विश्वरभर मनाउन लागिएको हो ।
आज विश्व दृष्टि दिवस मनाइँदै
बिहीबार, असोज २२, २०८३
आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन लागिएका हो ।


