Shittalpati
अन्तरबालक्लब भित्तेपत्रिका प्रतियोगिता

पाल्पा, अन्तरबालक्लब भित्तेपत्रिका लेखन, प्रदर्शनी तथा प्रतियोगिता भएको छ । उत्पीडित उत्थान विकास केन्द्र पाल्पाको आयोेजना तथा कारितास नेपाल नवलपरासी गैडाकोटको आर्थिक सहयोगमा सञ्चालित बाल सशक्तिकरण कार्यक्रम अन्तर्गत प्रतियोगिता भएको हो ।

ता.न.पा ११ को बन्दीपोखरा, तानसेन १२ को बौघापोखराथोक र रिब्दीकोट गाउँपालिकाको १ ख्याहामा गठन गरिएका २७ वटा बालक्लब बिच प्रतियोगिता भएको उत्पीडित उत्थान विकास केन्द्र पाल्पाले जनाएको छ । प्रर्दशनी तथा प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, र सान्त्वना हुने प्रतियोगीहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गरिएको थियो । एक औपचारिक कार्यक्रमका बिच प्रमाणपत्र सहित सम्मान गरिएको हो । कार्यक्रममा सहभागीहरुले उत्पीडित उत्थान विकास केन्द्र पाल्पाले वडामा बालक्लव गठन गरी बालबालिकाहरूको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनीहरुले संस्थालाई आगामी दिनहरुमा विद्यार्थीहरुको चाहाना र समयलाई ख्याल गरी विद्यार्थीमैत्री थप कार्यक्रमहरु ल्याउन आग्रह गरे ।

कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक ठाकुर लोहागुनले विगत ३ वर्षदेखि तानसेन ११ को बन्दीपोखरा, तानसेन १२ को बौघापोखराथोक र रिब्दीकोटको ख्याहामा बालबालिकाको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी संस्था प्रतिनिधि गरी ८३ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update