
पाल्पा, तानसेनमा रहेको पद्म पव्लिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई २०४२ साल समूहका पूर्व बिद्यार्थीहरूले स्वास्थ सुरक्षा सामग्री दिएका छन् । विद्यालयको २०४२ साल एसएलसी समूहका विद्यार्थीहरूले त्यहाँ अध्ययनरत विद्यार्थीहरुका लागि मास्क, सनिटाइजर, सावुन लगायतका स्वास्थ्य सुरक्षा सामग्री दिएका हुन् । उनीहरुले विद्यालयका प्रधानाध्यापकलाई उक्त स्वास्थ्य सुरक्षा हस्तान्तरण गरेका छन् । स्वास्थ्य सुरक्षा सामग्री ग्रहण गर्दै प्रधानाध्यापक नारायण प्रसाद शर्माले पूर्व विद्यार्थीहरूले विद्यार्थी भाइबहिनीहरुलाई देखाएको सहयोग र सदभाव अत्यन्त प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए ।
उनले सुझाव सल्लाह सहित विद्यालयमा आई विद्यार्थीहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेकोमा गौरवान्वित भएको भन्दै पूर्व विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना समेत गरे । वि.सं.२००४ सालमा राणा शासन कालमा पद्मोदय पाल्पा पव्लिक हाईस्कूलको नामले यस विद्यालयको स्थापना भएको थियो । यस विद्यालयबाट उत्पादित विद्यार्थीहरू राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरकै उच्च ओहदामा पुगेका छन् । रजत महोत्सव ,स्वर्ण महोत्सव मनाइसकेको विद्यालयले आउदो बर्ष हीरक महोत्सव मनाउदै छ । आज भन्दा ३ बर्ष अघि २०४२ साल समूहका विद्यार्थीहरू बुटवलमा भेला भइ यो समाज गठन गरेका थिए । समाजले पूर्व गुरूहरूलाई समेत सम्मान गरेको छ । पूर्व विद्यार्थी समूहका अध्यक्ष पुष्करराज रेग्मीले आफुहरु जहाँ जुन तहमा रहे पनि विद्यालयप्रतिको माया अगाध रहेको बताए । उनले विद्यालयले योजनावद्ध रूपमा गुणात्मक फड्को मार्दै पहिलेको साखलाई फेरि ल्याउनु पर्नेमा जोड दिए । कार्यक्रममा विद्यालयका शिक्षक , कर्मचारी ,विद्यार्थीका साथै समाजका विद्यार्थी सदस्यहरू पशुपति प्रधान , नीना बज्राचार्य , भुनु थापा, दिव्य गोपाल सिंहको समेत उपस्थिति रहेको थियोे । पुष्कर रेग्मीको अध्यक्षता, सदस्य पशुपति प्रधानको स्वागत र भुनु थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।