Shittalpati
सबै उम्मेदवारले खाता खोल  
सबै उम्मेदवारले खाता खोल   चुनाव प्रचार–प्रसारका क्रममा हुने आम्दानी खर्चलाई पारदर्शी बनाउनका लागि निर्वाचन आयोगले उम्मेदवारका लागि बैंक खाता खोल्न अनिवार्य गरेको छ । तर  अधिकांश उम्मेदवारले अहिलेसम्म खाता खोल्न वास्ता गरेका छैनन् । वास्तवमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मितव्ययी बनाउन आयोगले चालेको कदम सकारात्मक रहेको छ । विगतमा निर्वाचनमा पैसाको खेल बढी हुने...
मिथ्या सूचना रोकौं
मिथ्या सूचना रोकौं प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा भ्रामक सूचना, भिडियो र एआई निर्मित सामग्रीको बाढी आएको छ । गलत सूचना, चरित्रहत्या र सुनियोजित दुष्प्रचारले मतदाताको निर्णय प्रभावित पार्ने निश्चित छ । मिथ्या सूचना कतिले जानीजानी फैलाएकाछन्, कतिले अञ्जानमा ।
घोषणापत्र कर्मकाण्डी नहोस्
घोषणापत्र कर्मकाण्डी नहोस् यतिबेला राजनीतिक दल र उनका उम्मेदवारहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रप्रा जस्ता प्रमुख दलहरूले हरेक निर्वाचनमा विस्तृत घोषणापत्र ल्याउने गरेका छन् । २१ फागुनमा हुने मतदानका लागि पनि दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्र मतदातासमक्ष प्रस्तुत गरेका छन् ।
चुनावले उपभोक्तालाई महँगी
चुनावले उपभोक्तालाई महँगी एकातिर चुनावी माहोल तातेको छ भने अर्कोतर्फ महँगीले भोलि बिहानको छाक कसरी टार्ने भन्रुने चिन्ता । बजारमा तरकारी, खाद्यान्न, तेल, गेडागुडी, मैदा, आँटा चामल, तेल जस्ता अत्यावश्यक वस्तुहरुको मूल्य बढ्दो छ ।
फेरि एउटा आशाको पर्खाइ : फागुन २१
फेरि एउटा आशाको पर्खाइ : फागुन २१ राजनीतिक स्थिरता, स्थिर सरकार, सुशासन र अमनचयन देश विकासका आधारहरु हुन् तर यी सबै नेपालका लागि कल्पनाका विषयबस्तु बन्दै गएका छन् । पुस्ताहरु हस्तान्तरण हुँदै गए ।
चुनावी खर्च पारदर्शी बनाऊ
चुनावी खर्च पारदर्शी बनाऊ लोकतन्त्रको सबलता स्वतन्त्र, निष्पक्ष र स्वच्छ निर्वाचनसँग गाँसिएको हुन्छ । तर, निर्वाचन स्वच्छ मात्र मतदान प्रक्रियाबाट सुनिश्चित हुँदैन । उम्मेदवार र राजनीतिक दलले गर्ने खर्च कति पारदर्शी, जवाफदेही र कानूनी दायराभित्र छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यही भएर निर्वाचन आयोगले निर्वाचन खर्चलाई पादर्शी बनाउने प्रयास गरेको छ ...
मातृभाषा मर्न नदेऊ  
मातृभाषा मर्न नदेऊ   मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो ।
फागुन ७ को सान्दर्भिकता
फागुन ७ को सान्दर्भिकता फागुन ७ गते नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो ।  आजकै दिन बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्‍याएको थियो । जुन दिनलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।
भ्रष्टाचार नियन्त्रणमा स्थिर
भ्रष्टाचार नियन्त्रणमा स्थिर ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अंक प्राप्त गरेको छ ।
निर्वाचन सबै मिलेर सफल पारौं
निर्वाचन सबै मिलेर सफल पारौं आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै छ । निर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक गर्मी बढेको छ । सोमबारदेखि भने थप निर्वाचनको चहपहल बढेको छ ।
दलभित्रको वास्तविक ‘रूपान्तरण’ लोकतन्त्रको कवच
दलभित्रको वास्तविक ‘रूपान्तरण’ लोकतन्त्रको कवच लोकतन्त्र स्थिर प्रणाली होइन, निरन्तर सुधारको प्रक्रिया हो । बेलायतलाई हेरौँ । आजको आधुनिक संसदीय प्रणालीको जननी मानिने बेलायतमा पनि राजनीतिक दलहरू कठोर संरचनाबाट लचिलो संरचनामा पुग्न दशकौँ लाग्यो । सन् १९९० को दशकमा लेबर पार्टी पुरानो ट्रेड युनियन केन्द्रित पार्टीबाट व्यापक मध्यमवर्गीय मतदातालाई समेट्ने दलमा रूपान्तरण भयो ।
महाशिव रात्रीको महत्व, आस्था र आत्मअनुशासन
महाशिव रात्रीको महत्व, आस्था र आत्मअनुशासन हिन्दू संस्कृतिमा महाशिवरात्रि केवल धार्मिक पर्व मात्र होइन, आत्मचिन्तन र आत्मसंयमको अभ्यास गर्ने विशेष अवसर हो। फागुन कृष्ण चतुर्दशीको रातमा मनाइने यो पर्व भगवान शिवको तप, धैर्य र सन्तुलित जीवनदर्शनसँग जोडिएको छ । शिवलाई विनासका देवता भनिए पनि विनासको अर्थ सृष्टि समाप्त गर्नु होइन, विकृति हटाएर शुद्धता स्थापना गर्नु हो ...
Weather Update