महिषासुरमर्दिनी श्री ७ रणउजीरेश्वरी भगवती मन्दिरमा रहेको ‘दिव्यघण्ट’
शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन रोकौँ
शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन भन्नाले आधारभूत मानव अधिकारको उल्लङ्घन, दासत्वको अवस्था, मानवताविरुद्धको बहुराष्ट्रिय सङ्गठित अपराध हो । यसलाई अशिक्षा, बेरोजगारी, गरिबी, जनचेतनाको कमी, घरेलु हिंसा, पारिवारिक झगडा, लैङ्गिक तथा जातीय विभेद, दण्डहीनतालगायतले मलजल गर्छ ।
भाकल पुरा गर्ने भगवतिको २०७ औं रथ यात्रा
शुक्रबार, भदौ १९, २०८३
श्री सात रण उजुरेश्वरी भगवती माताको २०७ सातौं खट (रथ यात्रा विजय उत्सव) यही भाद्र २० गतेका दिन पाल्पामा भव्यताका साथ मनाउने तयारी भइरहेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको सम उपस्थितिमा भगवती जात्रा सम्पन्न हुने भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।
पूजामात्र होइन, कृष्णको मार्ग पछ्याऔँ
शुक्रबार, भदौ १९, २०८३
आज हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मजयन्तीका रूपमा श्रीकृष्ण जन्माष्टमी मनाउँदैछन् । भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
भगवतीको आस्था, जितगढीको वीरता र बिर्सिएका वीरहरू
बिहीबार, भदौ १८, २०८३
पाल्पाको ऐतिहासिक भगवती मन्दिर र जितगढी नेपालको इतिहासमा वीरता, साहस, राष्ट्रिय स्वाभिमान र मातृभूमिको रक्षासँग जोडिएका महत्वपूर्ण नाम हुन ।
जोखिम न्यूनीकरणमा पनि ध्यान दिऔँ
बिहीबार, भदौ १८, २०८३
जलवायु परिवर्तनको असर पछिल्ला वर्षहरूमा नेपालका हिमाली तथा पहाडी क्षेत्रमा अझ गम्भीर रूपमा देखिन थालेको छ । अनियमित वर्षा, छोटो समयमा हुने अत्यधिक वर्षा, तापक्रम वृद्धि तथा हिमाली क्षेत्रमा देखिएका वातावरणीय परिवर्तनले प्राकृतिक विपद्को जोखिम बढाउँदै लगेको छ ।
जात्रा–पर्व जोगाऔँ
बुधबार, भदौ १७, २०८३
पाल्पा जिल्ला अहिले धार्मिक तथा सांस्कृतिक गतिविधिले चलायमान बनेको छ । सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न गाउँबस्तीमा वर्षभरि विभिन्न जात्रा, पर्व, मेला तथा धार्मिक उत्सव आयोजना हुने गर्छन् ।
राहत र उद्दारमा हातेमालो गरौं
मंगलबार, भदौ १६, २०८३
प्राकृतिक विपद् कहिल्यै निम्ता दिएर आउँदैन् । बाढी, पहिरो, भूकम्पलगायतका विपद्ले एकै छिनमा मानिसको जीवन, घर–सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पुर्याउन सक्छ । पछिल्लो समय रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पनि यस्तै पीडादायी अवस्था सिर्जना गरेको छ ।
बेपत्तालाई सम्झिने मात्र होइन, खोजौं
आइतबार, भदौ १४, २०८३
आज ३० अगस्ट अर्थात् विश्व बेपत्ता विरुद्धको दिवस नेपालसहित विश्वभर मनाइँदै छ । बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको सम्झनामा हरेक बर्ष आजकै दिन खयो दिवस मनाउने गरिन्छ ।
बाबुआमा र गुरु : जीवनका दुई निःस्वार्थ सम्बन्ध
शुक्रबार, भदौ १२, २०८३
मानिसको जीवनमा अनेकौँ नातासम्बन्ध हुन्छन्। कोही समयसँगै नजिक हुन्छन्, कोही टाढिन्छन्। कतिपय सम्बन्ध स्वार्थमा टिकेका हुन्छन्, कतिपय परिस्थितिले बनाउँछन् र परिस्थितिसँगै बदलिन्छन्।
संस्कृत भाषा संरक्षण गरौं
शुक्रबार, भदौ १२, २०८३
भाषा केवल विचार र भावना व्यक्त गर्ने माध्यम मात्र होइन, यो कुनै समाजको इतिहास, संस्कृति, ज्ञान र पहिचानको आधार पनि हो। नेपालको धार्मिक, सांस्कृतिक तथा शैक्षिक परम्परामा संस्कृत भाषाको महत्वपूर्ण स्थान रहेको छ ।


