गुल्मी प्रशासन कार्यालयमा नयाँ कर्मचारीलाई स्वागत
मंगलबार, साउन २६, २०७८
भूमी आयोग खारेजको निर्णय सच्चाउन माग
शनिबार, साउन २३, २०७८
अखिल नेपाल किसान महासंघ गुल्मीले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।
पाल्पामा सदरमुकामवासी नै पिउँछन् दूषित पानी !
आइतबार, साउन १७, २०७८
अन्य क्षेत्र भन्दा सदरमुकाम हरेक कुराले सुगम नै मानिन्छ । तर त्यहीँ सुमग क्षेत्रका जनताहरुले नै दूषित पानी पिउँछन् भन्दा अचम्म लाग्न सक्छ । पाल्पाको सदरमुकाम तानसेनका जनताहरु विगत दुई महिनादेखि दूषित पानी पिउँन बाध्य छन् ।
विपद्मा जनताको साथी बन्यो पाल्पाको माथागढी गाउँ सरकार
शनिबार, साउन १६, २०७८
कोरोना महामारीमा होस् वा अन्य प्राकृतिक विपत्तिमा नै किन नहोस् पाल्पाको माथागढी गाउँ सरकार जनताको साथी बनेको छ । कोरोना महामारीको प्रकोपबाट लडिरहेका, दीर्घरोगबाट ग्रसित हुन वा बाढी,पहिरोका कारण घरबारविहीन बनेका र भौतिक तथा मानविय क्षति पुगेका जनताको दुःखमा मलम लगाउने कार्यमा गाउँ सरकार सारथी बनेको हो ।
बगनासकालीमा प्रशासकीय अधिकृतको विदाइ र स्वागत
शनिबार, साउन १६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको स्वागत र विदाइ गरिएको छ । गाउँपालिकामा यस अघि रहेका सुरेश घिमिरेको विदाइ र नयाँ प्रशासकीय अधिकृतका रुपमा आएका विष्णु घर्तीलाई एक औपचारिक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
पाल्पामा भैसी किनेर फर्किएका पुरुषको बेहोस भएर मृत्यु
आइतबार, साउन १०, २०७८
पाल्पामा भैसी किनेर फर्किएका एक पुरुषको बेहोस भएर मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ झिरुवासका ४८ वर्षीय जीतबहादुर आलेको भैसी किनेर फर्किदाँ बाटोमा अचानक बेहोस भई मृत्यु भएको हो ।
रामपुरमा डिएसपीको दरबन्दी माग
शुक्रबार, साउन ८, २०७८
जिल्लाको दोस्रो व्यापारिक केन्द्रको रुपमा रहेको रामपुरमा डिएसपीको दरबन्दी माग गरिएको छ । रामपुर क्षेत्रमा जनसंख्या बढ्दै जाँदा जनशक्ति अभावमा असुरक्षा समेत बढ्दै गएको भन्दै रामपुर नगरपालिकाले गृहमन्त्री समक्ष डिएसपीको दरबन्दी माग गरेको हो ।
प्रमुखविहीन बनेको रामपुर इलाका प्रशासनबाट सेवा दिन थालियो
शुक्रबार, साउन ८, २०७८
कार्यालय प्रमुखविहीन रहेको रामपुरको इलाका प्रशासन कार्यालयले रोकिएको सेवा दिन थालेको छ । तीन महिनासम्म कार्यालय प्रमुखविहीन रहेको कार्यालयमा सेवा पुनः सञ्चालन गर्न चौतर्फी माग बढेपछि बिहीबारदेखि सेवा पुनःसञ्चालन गरिएको छ ।
बगनासकाली गाउँ सरकारको बजेट ८२ प्रतिशत खर्च
मंगलबार, साउन ५, २०७८
कोभिड महामारीको दोस्रो लहरबीच बजेट खर्चमा सुधार देखिएको छ । जिल्लाको बगनासकाली गाउँ सरकारले आर्थिक २०७६/०७७ को तुलनामा २०७७/०७८ मा बजेट खर्च केही बढाउन सकेको छ
गुल्मीदरबार गाउँपालिका अध्यक्षको निधन
बिहीबार, असार ३१, २०७८
गुल्मी दरवार गाउँपालिका गुल्मीका अध्यक्ष अशोक कुमार थापाको निधन भएको छ । थापाको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको हो ।
माथागढीले दियो ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई निरन्तरता
आइतबार, असार २७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि नै सञ्चालन गर्दै आएको ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।
रिब्दीकोटका दुग्ध संकलन केन्द्रलाई अनुदानमा उपकरण
आइतबार, असार २०, २०७८
जिल्लाको रिब्दीकोट गाउँपालिका भित्र रहेका दुग्ध संकलन केन्द्रहरुलाई आवश्यक दुग्ध उपकरण दिइएको छ । रिब्दीकोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको सहयोग र ग्रामिण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा उपकरण वितरण गरिएको हो ।
माथागढी रुप्सेका किसानलाई उन्नत जातका बाख्रा र बोका
आइतबार, असार २०, २०७८
जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका किसानहरुलाई उन्नत जातका बाख्रा र बोका वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत रुप्सेका ४२ घरधुरीका किसानलाई बाख्रा र बोका वितरण गरिएको हो ।


