Shittalpati
गाउँ शिक्षा समितिको बैंठक, यस्ता छन् निर्णय
गाउँ शिक्षा समितिको बैंठक, यस्ता छन् निर्णय जिल्लाको माथागढी गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठक बसेको छ । संघीय सरकारद्वारा विनियोजन गरिएको सशर्त अनुदान तर्फको रकम शिक्षा क्षेत्रको कुन क्षेत्रमा छुट्याउने भन्ने विषयमा बैठक बसेको हो ।
विपद्को सारथी बगनासकाली सरकार : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार दिने
विपद्को सारथी बगनासकाली सरकार : कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार दिने जिल्लाको बगनासकाली गाउँपालिका कोरोना महामारीमा जनताको सारथी बनेको छ । कोरोना महामारीबाट प्रभावित बनेका नागरिकहरुको हरेक समस्यामा गाउँपालिका सारथी बन्दै गएको छ ।
खोप किन्न अनुमति माग्दै माथागढी सरकार
खोप किन्न अनुमति माग्दै माथागढी सरकार सरकारले सबै नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन नसकेपछि जिल्लाको माथागढी गाउँ सरकारले खोप खरिद गर्ने योजना अगाडि बढाएको छ ।
पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ?
पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोडको बजेट, हेर्नुहोस् कुन पालिकामा कति ? आर्थिक वर्षका २०७८/७९ का लागि पाल्पा र गुल्मीका स्थानीय तहलाई ८ अर्ब १६ करोड ५३ लाख बजेट परेको छ । अध्यादेश मार्फत अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि प्रस्तुत गरेको बजेटमा यहाँका २२ वटै पालिकामा ८ अर्ब १६ करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
संक्रमितको घर घरमै पुगेर औषधि वितरण
संक्रमितको घर घरमै पुगेर औषधि वितरण जिल्लाको माथागढी गाउँपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधि तथा स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर, उपाध्यक्ष निर्मला भट्टराई, प्रवक्ता मधु पराजुली, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल, वडा सदस्यहरू, स्वाथ्यकर्मी र कर्मचारीले संक्रमितको घर–घरमा पुगेर आवश्यक औषधी र स्वास्थ्य...
पहिराले बगायो भेडा, बाख्रा र भैंसी
पहिराले बगायो भेडा, बाख्रा र भैंसी गोरखाको धार्चे गाउँपालिका–१, हुलचुकमा चराउँदै गरेका ३० भन्दा बढी भेडालाई पहिराले बगाएर बेपत्ता बनाएको छ । गाउँदेखि झण्डै तीन घण्टाको पदैल दुरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनाएको हो ।
माथागढीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
माथागढीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग जिल्लाको माथागढी गाउँपालिकाकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको छ । गाउँपालिकामा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रभागमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुका लागि कालीगण्डकी फाउण्डेशन नेपालले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
तानसेनमा कालीगण्डकीको पानी वितरण थालियो
तानसेनमा कालीगण्डकीको पानी वितरण थालियो लामो समयको प्रतिक्षापछि कालिगण्डकीको खानेपानी तानसेनका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले जेठ ९ गते आईतवार देखी कालिगण्डकीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम सुरु गरेको हो ।
श्रमजीवी वर्गका लागि राहत प्याकेज ल्याउन प्रेस युनियन पाल्पाको माग
श्रमजीवी वर्गका लागि राहत प्याकेज ल्याउन प्रेस युनियन पाल्पाको माग नेपाल प्रेस युनियन पाल्पाले कोरोना पीडित श्रमजीवी,मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । युनियनले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गरेको हो ।
माथागढीमा संक्रमण बढेसँगै परीक्षणको दायरा बढाइयो
माथागढीमा संक्रमण बढेसँगै परीक्षणको दायरा बढाइयो जिल्लाको माथागढी गाउँपालिकामा कोभिड १९को संक्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । पछिल्लो समय समुदास्तरमै दैनिक रुपमा संक्रमित देखिन थालेपछि गाउँपालिकाले परीक्षणको दायरालाई बढाएको हो ।
माथागढी गाउँपालिका अध्यक्षले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स
माथागढी गाउँपालिका अध्यक्षले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले आफूले चढ्दै आएको ग १ झ ३५६ नम्वरको स्कार्पियो कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएका हुन् ।
घर–घरमै पुगेर संक्रमितको उपचार गर्दै माथागढी
घर–घरमै पुगेर संक्रमितको उपचार गर्दै माथागढी जिल्लाको माथागढी गाउँपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितको घर–घरै पुगेर उपचार गर्न थालेको छ । संक्रमित भई सामन्य अवस्थामा रहेका नागरिकहरुको गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले घरमै पुगेर उपचार थालेका हुन् ।
Weather Update