Shittalpati
बडिज्ञान टोल विकास संस्थाले मनायो साधारण सभा

सीमा भट्टराई

पाल्पा, बडिज्ञानटोल ‘क’ टोल विकास संस्था तानसेनले २२ औं साधारण सभा मनाएको छ । संस्थाले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।

उसले सोही अवसरमा नजिकिदै गरेको हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभदिपावलीको शुभकामना आदान–प्रदान समेत गरेको छ । सभाको तानसेन नगरपालिका –२ का वडा अध्यक्ष बरुण प्रसाद रेग्मीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका रेग्मीले सामाजिक क्षेत्रमा टोल विकास संस्थाले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । उनले सामाजिक काममा क्रियाशील रहेको टोलविकास संस्थालाई वडा कार्यालयले आवश्यक सहयोग गर्ने बताए । वडा अध्यक्ष रेग्मीले रचनात्मक कामका लागि नगरपालिका र वडा कार्यालयले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा वडा सदस्यहरु शान्ति झेडी, मञ्जु रणपालले संस्थाको थप सफलताको शुभकामना व्यक्त गर्दै टोलको विकास र विस्तारमा योजनावद्ध रुपमा काम गर्न संस्थालाई आग्रह गरे । नेपाल महिला संघकी सभापति गंगा पौडेलले महिलाहरु अब घरमै सिमित नभई टोल र नगरको विकासमा अगाडि बढ्नुपर्ने बेला आएको बताईन् । कार्यक्रममा संस्थाका कोषाध्यक्ष निरु आलेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उद्घाटन सत्र कार्यक्रम संस्थाका अध्यक्ष कमला श्रेष्ठको अध्यक्षा, उपाध्यक्ष शुसिला थापाको स्वागत, सचिव रमा पन्तको सञ्चालनमा भएको थियो । संस्थाले १५ सदस्यी नयाँ नेतृत्व समेत चयन गरेको छ । जसको अध्यक्षमा कमला श्रेष्ठ, उपाध्यक्षमा आशा बराल, सचिवमा सुशिला गाहा, सह–सचिवमा गीता राना, कोषाध्यक्षमा अजित लिगल, सह–कोषाध्यक्षमा निरु आले चयन भएका छन् । साधारण सभाले दुई जना सल्लाहकार समेत चयन गरेको छ । जसमा गंगा पौडेल र रमा पन्त रहेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update