हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
बुधबार, चैत ९, २०७८
पाल्पामा म्यादी प्रहरीमा भर्ना हुनेको भिड, युवाहरु भन्छन् ‘रहर होइन बाध्यता’
मंगलबार, चैत ८, २०७८
जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भीड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ–गाउँबाट आएका युवाहरु विहानैदेखि जिल्ला प्रहरी कार्यालय अगाडि लाइन बसेका छन् । भर्ना हुनका लागि पुरुषसँगै महिलाको सहभागिता पनि...
समाचार प्रभाव : अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइयो
सोमबार, चैत ७, २०७८
जिल्लाको तानसेन बतासेडाँडामा अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइएको छ । सोमबार नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण भन्ने शिर्षकमा समाचार प्रकाशित भए पछि डिभिजन वन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालयको टोलीले अतिक्रमण गरी बनाइएका टहरा भत्काएको हो ।
तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण !
सोमबार, चैत ७, २०७८
जिल्लाको सदरमुकाम तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको छ । स्थानीयतह निर्वाचनको मिति नजिकिदै जाँदा यहाँको ३ सय रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको हो ।
तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा
शनिबार, चैत ५, २०७८
रायमाझी कूलदेवता तानसेन नगर समितिले १८ औं साधारण सभा मनाएको छ । समितिले शनिबार तानसेनमा एक समारोहका बिच साधारण सभा मनाएको हो ।
स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
शुक्रबार, चैत ४, २०७८
स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ ।
पाल्पाको निस्दीमा एक पुरुष मृत भेटिए
बुधबार, चैत २, २०७८
जिल्लाको निस्दी गाउँपालिका –७ सातमुरेमा एक पुरुष मृत भेटिएका छन् । सातमुरेस्थित एक होटलमा निस्दी परोखराछापका ३५ वर्षीय पदमबहादुर आले बुधबार विहान मृत भेटिएका हुन् ।
पाल्पाको रैनादेवी छहरामा आगोले जलेर एक पुरुषको ज्यान गयो
बुधबार, चैत २, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको ज्यान गएको छ । मंगलबार राती घरको कोठामा एक्कासी आगलागी हुँदा ढुकुरखोलाका ५९ वर्षीय हरिबहादुर कुमालको ज्यान गएको हो ।
पाल्पाली ढाकाको ‘ब्राण्डिङ’ गरिदैं
बुधबार, चैत २, २०७८
पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुवात गरिएको हो ।
गुराँसै फूल्यो वनैमा...
मंगलबार, चैत १, २०७८
कहिल्यै पनि वन जंगलमा नपुगेका युवायुवतीको लर्को अहिले जंगली क्षेत्रमा देख्न सकिन्छ । युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख छन् । लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवा पुस्ता मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरु पनि रहेका छन् ।
बगनासकालीको खानीछाप वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थाल्यो
शनिबार, फागुन २८, २०७८
जिल्लाको बगनासकाली गाउँपालिका –४ खानीछाप वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको छ । विद्यालयको साँघुरो कोठाबाट सञ्चालन भएको वडा कार्यालयको अहिले आफ्नै भवन निर्माण भएको हो ।
अव्यवस्थित बसोबासीलाई आवेदन गर्न माथागढीको आह्वान
शनिबार, फागुन २८, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिनभित्र आवेदन गर्न आÞवान गरेको छ । लामो समयदेखि थाँती रहेको अव्यवस्थित बसोबासीको समस्या यथाशक्य चाँडो समाधान गर्न गाउँ सरकारले आवेदन आह्वान गरेको हो ।


