Shittalpati
हराएकी युवती कालीगण्डकी नदीमा मृत फेला
हराएकी युवती कालीगण्डकी नदीमा मृत फेला एक महिना अघिदेखि हराएकी एक युवती कालीगण्डकी नदीमा मृत फेला परेकी छन् । जिल्लाको रम्भा गाउँपालिका–१ अमलीकी २२ वर्षीया अस्मिता विश्वकर्मा शनिबार घर नजिकैको कालीगण्डकी नदीमा मृत फेला परेकी हुन् । वैशाख ११ गते घरमा कोही कसैलाई नसोधी हिडेकी उनी लामो समयसम्म घर नफर्किएपछि परिवारले खोजतलास गरेका थिए ।
पुराना ‘किल्ला’ भत्किए, जितेका क्षेत्र खुम्चिए
पुराना ‘किल्ला’ भत्किए, जितेका क्षेत्र खुम्चिए यस पटकको स्थानीय तह निर्वाचनमा ठूला राजनीतिकक दलहरू आफ्नै आधार क्षेत्र भनिएका तथा अघिल्लो निर्वाचनमा जित हात पारेका पालिकाहरूमै पराजित भएका छन् । पाल्पाका दश स्थानीय तह मध्ये एमालेले ६ पालिकामा विजयी हासिल गर्दै पहिलो दल बनेको छ । उसले केही पालिकामा विरासत गुमाएको छ भने केहीमा पुराना किल्ला भत्काएको...
निस्दीमा कार्यपालिका सदस्य निर्वाचित
निस्दीमा कार्यपालिका सदस्य निर्वाचित जिल्लाको निस्दी गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यहाँ ७ वटै वडासहित अध्यक्ष, उपाध्यक्ष एमालेबाटै निर्वाचित भएका थिए । निस्दीमा ६ जना कार्यपालिका सदस्य निर्वाचित भएसँगै कार्यपालिकाले पूर्णता पाएको छ । निर्वाचित सदस्यहरुमा वडा १ बाट खुमबहादुर विक, वडा २ बाट खुमीसरा पुलामी, वडा ३...
रम्भा गाउँ सरकारको निर्णय, निःशुल्क दुर्घटना बिमादेखि एकल पुरूषलाई भत्ता
रम्भा गाउँ सरकारको निर्णय, निःशुल्क दुर्घटना बिमादेखि एकल पुरूषलाई भत्ता स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि धमाधम जनप्रतिनिधिहरुले आफ्ना महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्दै आएका छन् । अधिकांश जनप्रतिनिधिहरुले लोकप्रिय निर्णयहरु गर्दै आएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा पनि नवनिर्वाचित जनप्रतिनिधिले महत्वकांक्षी निर्णय सार्वजनिक गरेका छन् । पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पदभार सम्हालेसँगै रम्भावासीको निःशुल्क दुर्घटना बिमा गर्नेदेखि एक पुरुषलाई भत्ता दिने...
पूर्वखोलाले अभिभावक विहीन बालबालिकाको शिक्षाको जिम्मा लिने
पूर्वखोलाले अभिभावक विहीन बालबालिकाको शिक्षाको जिम्मा लिने पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावक विहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उनले बताए ।
प्रेस युनियन पाल्पाका पत्रकार स्थापना दिवस मनाउन पुगे आश्रममा 
प्रेस युनियन पाल्पाका पत्रकार स्थापना दिवस मनाउन पुगे आश्रममा  प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ । शुक्रबार आफ्नो ३१ औं स्थापना दिवस बनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् । आश्रममा रहेका असहाय, बेसहारा, वृद्धवृद्धा र मानसिक रूपले विक्षिप्त व्यक्तिसँग बसेर युनियनले...
पाल्पामा दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते
पाल्पामा दोहोरिएका अनुहार : पुराना कोहीले हारे, कोहीले जिते यस पटकको स्थानीयतह निर्वाचनमा पाल्पामा ९ जना पुराना अनुहारले उम्मेदवारी दिएका थिए । २०७४ सालको निर्वाचनमा प्रमुख/अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष पालिकाको नेतृत्व गरी अनुभव संगालेका ९ जनाले पुनः यस पटकको निर्वाचनमा उम्मेदवारी दिए । उम्मेदवारी दिएका पुराना अनुहार मध्ये ६ जना पुनः निर्वाचित हुन सफल भए भने...
तानसेनको विकासमा पूर्वाग्रह राख्दिन : नगर प्रमुख श्रेष्ठ
तानसेनको विकासमा पूर्वाग्रह राख्दिन : नगर प्रमुख श्रेष्ठ तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विकासमा कुनै पनि पूर्वाग्रह नराखी काम गर्ने बताएका छन् । बिहीबार पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख श्रेष्ठले विकास र सेवा प्रवाहका काममा पूर्वाग्रह नराख्ने बताएका हुन् । उनले आफु पाँच वर्षका लागि जनताको सेवक बन्न आएको...
पाल्पामा मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्ने ६ जना युवा पक्राउ
पाल्पामा मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्ने ६ जना युवा पक्राउ पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना युवालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ताहरु रहेका छन् । युवा संघ र अनेरास्ववियुका कार्यकर्ताले मुल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक्ने क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ गरेको हो...
माथागढीमा अभिभावक विहीन बालबालिकालाई निःशुल्क शिक्षा
माथागढीमा अभिभावक विहीन बालबालिकालाई निःशुल्क शिक्षा जिल्लाको माथागढी गाउँपालिकाले अभिभाव विहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने भएको छ । गाउँपालिका अध्यक्ष यम चिदीले शपथ ग्रहणसँगै महत्वकांक्षी निर्णय अगाडि सार्दै अभिभावक विहीन बालबालिकाहरुका लागि निःशुल्क शिक्षा दिने विषयमा हस्ताक्षर गरेका छन् ।
बगनासकालीमा एमालेका कार्यपालिका सदस्य निर्वाचित
बगनासकालीमा एमालेका कार्यपालिका सदस्य निर्वाचित जिल्लाको बगनासकाली गाउँपालिकामा नेकपा एमालेका ६ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । कार्यपालिका सदस्यहरुमा वडा सदस्यमा निर्वाचित भएका वडा २ की, गीता रेग्मी, वडा ३ बाट वसन्ती थापा, वडा ५ की, खुमादेवी भट्टराई र वडा ८ बाट उमकला न्यौपाने अर्याल निर्विरोध निर्वाचित भएका छन् ।
जनताले विकासको अनुभुति गर्ने गरी काम गर्छौं : नगर प्रमुख श्रेष्ठ
जनताले विकासको अनुभुति गर्ने गरी काम गर्छौं : नगर प्रमुख श्रेष्ठ तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोष लाल श्रेष्ठले जनताले विकासको अनुभूति गर्ने गरी काम गर्ने बताएका छन् । नेपाली काँग्रेस वडा न. ९ ले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले जनताले अनुभति गर्ने गरी नगरको विकास गर्ने बताएका हुन् ।
Weather Update