Shittalpati
‘बाबुदाइ’ होटल व्यवसायी हुँदै वडाध्यक्षसम्म
‘बाबुदाइ’ होटल व्यवसायी हुँदै वडाध्यक्षसम्म तानसेनको सामाजिक, राजनीतिक र व्यवसायीक क्षेत्रमा सुपरिचित नाम हो बाबुरत्न शाक्य अर्थात् ‘बाबुदाइ’ । उनलाई सबैले ‘बाबुदाइ’ नामले चिन्ने गर्दछन् । साना हुन वा ठूला सबैका ‘बाबुदाइ’नामले परिचित उनी तानसेनको टक्सारटोलमा २०२६ साल वैशाख २८ गते बुबा शिवरत्न शाक्य र आमा चन्द्रकुमारी शाक्यको सुपुत्रको रुपमा जन्मिएका हुन् ।
रेसुंगा नगर सरकारको पहिलो निर्णय,डायलसिस सेवा सञ्चालन गर्ने
रेसुंगा नगर सरकारको पहिलो निर्णय,डायलसिस सेवा सञ्चालन गर्ने गुल्मीको रेसुंगा नगरपालिकाले जिल्लामै पहिलो पटक डायलसिस मेसिन खरिद गरि गुल्मी अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ । नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मृगौलाका बिरामीहरु बढ्दै गइरहेको भन्दै बिरामीहरुको सहजताका लागि जिल्लामै डायलसिस सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरेको बताए ।
पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल
पाल्पाको तिनाउमा आवाधिक योजना निर्माण गर्न छलफल पहिलो पाँच वर्ष सकिएसँगै जिल्लाको तिनाउ गाउँपालिकाले आवाधिक योजना निर्माणका लागि छलफल अगाडि बढाएको छ । पालिकाको सक्रियता र लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा पाँच वर्षे आवधिक योजना निर्माणका लागि मसौदा माथि छलफल भएको हो ।
पूर्वाधार विकासमा फड्को मार्दै रामपुर नगरपालिका
पूर्वाधार विकासमा फड्को मार्दै रामपुर नगरपालिका समथर र पहाडीभेग समेटिएको रामपुर नगरपालिका प्राकृतिक हिसाबले रमणीय नगरको रुपमा परिचित छ । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरमा सडक, भवन, कृषि, पर्यटन, आयमूलक लगायतका क्षेत्रमा विकासले गति लिएको छ ।
गुल्मीमा नयाँ जनप्रतिनिधिका थरीथरी कार्यक्रम
गुल्मीमा नयाँ जनप्रतिनिधिका थरीथरी कार्यक्रम दुई नगरपालिका र १० गाउँपालिका रहेको गुल्मीमा अधिकांश नयाँ जनप्रतिनिधि छन् । धुर्कोट र कालीगण्डकी गाउँपालिकामा अध्यक्ष एवं मदानेमा उपाध्यक्ष दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अन्य पालिकामा भने स्थानीय तह निर्वाचनमार्फत सबै नयाँ अनुहार निर्वाचित भएका हुन् । १२ पालिकामध्ये दुई पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष छन् ...
पुनःमतदाता नामावली संकलन गरिदैं
पुनःमतदाता नामावली संकलन गरिदैं निर्वाचन आयोगले पुनः मतदाता नामावली संकलन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा केही व्यक्तिहरुको नाम छुटेको गुनासो आएपछि आयोगले संघ र प्रदेशको निर्वाचनमा उनीहरुलाई सहभागी गराउन पुनः मतदाता नामाली संकलन गर्ने भएको हो । प्रतिनिधि र प्रदेशसभा सदस्यको पदावधि मंसिर २२ गतेसम्म मात्रै रहेकाले ति निर्वाचनका लागि आयोगले असार...
बाँदरले सताएपछि वैकल्पिक खेती
बाँदरले सताएपछि वैकल्पिक खेती रम्भा गाउँपालिका–१ सगाहाका अगुवा कृषक ऋषिराम अर्यालको तीन रोपनी खेतीयोग्य जमिन बाँझै छ । राम्रै अन्नबाली उत्पादन हुने गरे पनि बाँदरको समस्याका कारण आफूले लगाएको बाली स्याहार्नै नपाउने अवस्था भएपछि उनले बाली लगाउनै छाडेका छन् । अर्यालले छ वर्षयता मकैबाली लगाउन छाडेको बताए ।
आवधिक योजना बनाउँदै रेसुङ्गा नगर सरकार
आवधिक योजना बनाउँदै रेसुङ्गा नगर सरकार देश संघीय व्यवस्थामा गएपछि दोस्रो निर्वाचित स्थानीय सरकारले काम थालेका छन् । नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरे लगत्तै सस्तो लोकप्रियता बढाउने खालका निर्णय गरिहेका छन् । स्थानीय सरकार जनता नजिकको सरकार पनि हो । जनतालाई नजिकबाट सुन्ने, देख्ने र हेर्ने स्थानीय सरकार नै हो 
पाल्पाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित
पाल्पाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित जिल्लाका पाँच पालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका छन् । यहाँका तानसेन नगरपालिका, रैनादेवी हछरा गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र माथागढी गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित भएका हुन् । तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
माथागढीमा व्यवस्थित वस्तीका लागि गुरुयोजना बनाउन छलफल
माथागढीमा व्यवस्थित वस्तीका लागि गुरुयोजना बनाउन छलफल जिल्लाको माथागढी गाउँपालिकाले व्यवस्थित बस्ती निर्माणका लागि गुरुयोजना बनाउन वस्तीस्तरमा छलफल अगाडि बढाएको छ । उसले पालिका भित्र रहेका शहरी वस्तीहरुलाई व्यवस्थित बनाउन गुयोजनाका लागि छलफल चलाएको हो । मानव वस्तीको विकास बढ्दै गएकाले त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा वस्तीस्तरबाटै छलफल गरी गुरुयोजना बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष यमबहादुर...
तानसेनमा कार्यपालिका सदस्य निर्वाचित
तानसेनमा कार्यपालिका सदस्य निर्वाचित तानसेन नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
वडाबाटै निःशुल्क स्वास्थ्य बिमा र शिक्षा
वडाबाटै निःशुल्क स्वास्थ्य बिमा र शिक्षा जिल्लाको रेसुङ्गा नगरपालिका ४ को वडा कार्यालयले निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने भएको छ । नवनिर्वाचित वडाध्यक्ष लिलाधर आचार्यले वडामा पदभार ग्रहण गरेसँगै वडाका विपन्न नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा र निःशुल्क शिक्षा दिने लोकप्रिय निर्णय गरेका हुन् ।
Weather Update