मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
आइतबार, कात्तिक २५, २०८१
छिल्लीकोटमा जिपलाइन निर्माण पूरा
आइतबार, कात्तिक २५, २०८१
जिल्लाको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ मा जिपलाइन निर्माण पूरा भएको छ । सञ्चालक श्रीधर न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको छ ।
घोराही–तुलसीपुर सडकको काम अघि बढ्ने
आइतबार, कात्तिक २५, २०८१
दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बहुवर्षीय बनाउने तयारी छ । सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले हेर्नेगरी छलफल भएको छ । त्यो टुङ्गिएपछि बहुवर्षीयका लागि योजना आयोगले यसलाई अघि बढाउने छ ।
दुई वर्षपछि भैरहवामा रौनक
आइतबार, कात्तिक २५, २०८१
भैरहवा विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि रौनक छाएको छ । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेपछि यहाँ रौनकता छाएको हो ।
आज महागुरु फाल्गुनन्द जयन्ती
आइतबार, कात्तिक २५, २०८१
राष्ट्रिय विभूति तथा किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । किरात धर्मावलम्बीहरूले यो जयन्ती विशेष गरी कोशी प्रदेशका जिल्लाहरूमा मनाउने गरेको पाइन्छ ।
आज विश्व स्वतन्त्रता दिवस
शनिबार, कात्तिक २४, २०८१
आज विश्व स्वतन्त्र दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन यो दिवस मनाउने गरिएको हो ।
पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा
शुक्रबार, कात्तिक २३, २०८१
गुल्मीको क्षेत्र रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्र्दताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ)
शुक्रबार, कात्तिक २३, २०८१
भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदहराम भएको छ : उपाध्यक्ष श्रेष्ठ
शुक्रबार, कात्तिक २३, २०८१
नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदहराम भएको बताएका छन् । पाल्पाको तानसेनमा माओवादी केन्द्रले आयोजना गरेको अगुवा कार्यकर्तासँगको भेटघाटमा बोल्दै उनले आफुलाई ठूलाबडा, शक्तिशाली भन्नेहरु भ्रष्टाचार गरी आनन्द लिइरहेकाहरुको अहिले निदाहराम भएको बताएका हुन् ।
‘नागरिकमा देखिएको निरासा हटाउने काममा सरकार लागिपरेको छ’
शुक्रबार, कात्तिक २३, २०८१
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् ।
नारायणगढ–मुग्लिन सडक दुर्घटनाः पाँचको मृत्यु
शुक्रबार, कात्तिक २३, २०८१
नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
आज विश्व रेडियोग्राफी दिवस, नेपालमा पनि मनाइँदै
शुक्रबार, कात्तिक २३, २०८१
आज विश्व रेडियोग्राफी दिवस नेपालसहित विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन
शुक्रबार, कात्तिक २३, २०८१
मिथिलाञ्चलमा लोकआस्थाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै समापन गरिदै छ । चार दिनसम्म मनाइने छठ सूर्यको पूजा आराधनासँगै गाईको दूधसहितको अर्घ्य दिएपछि समापन गर्न लागिएको हो ।


