Shittalpati
आज स्वयंसेवक दिवस र माटो दिवस एकै साथ मनाइँदै

पाल्पा, आज पाल्पा लगायत देशैभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस  एकै साथ मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ । नेपालमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संघ/संस्थाले विविध कार्यक्रमतय गरेका छन् । 

स्वयंसेवाको महत्वकाबारे सचेतना मुलक कार्यक्रमसहित समाजमा व्याप्त असमानता हटाउन र दिगो विकास लक्ष्य प्राप्तिमा सघाउने गतिविधी उनीहरुले गर्न लागेका हुन् । रेडक्रस या अन्य सामाजिक सेवामा स्वयंसेवक भएर कार्य गरेको प्रथम अनुभव बटुलेका हन्, वा कुनै स्वार्थबिना या अझ भनौ अनुभवका लागि विशेषतः सामाजिक संस्था या सरकारी अनि निजी संस्थाहरुमा कार्य गर्नु र समाज अनि आफ्नो व्यक्तिगत गैर मौद्रिक मोह नै स्वयंसेवा हो । समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकहरुको ठूलो भूमिका रहेको छ । सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । तर पछिल्लो समय कार्य अनि दायित्वलाई रकम अनि सुविधासँग तुलना गर्ने चलनले स्वयंसेवाको औचित्यमा कमी हुन थालेको छ । यसैबिच आजै विश्व माटो दिवस पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो । थाइल्यान्डका राजा भूमिबोल अदुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् डिसेम्बर ५ मा मनाउन थालिएको हो । माटो दिवस मनाउन थालिए पनि विश्वमा माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएकाले त्यसप्रति सबैको चिन्ता भने बढेको छ । नेपालको माटोको अवस्था चिन्ताजनक अवस्थामा पुगिसकेको माटो विज्ञहरू बताउँछन् । नेपालको माटोमा उर्वरा शक्ति ह्रास, प्रांगरिक पदार्थ घटेको, माटो अम्लीय बन्दै गएको ३३ वर्षअघि गरिएको अनुसन्धानमा देखिएको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update