Shittalpati
पाल्पा ख्याहा किशोरी हत्या प्रकरण : हत्या गर्ने छिमेकी किशोर पक्राउ
पाल्पा ख्याहा किशोरी हत्या प्रकरण : हत्या गर्ने छिमेकी किशोर पक्राउ पाल्पाको रिब्दीकोट गाउँपालिका –१ ख्याहाकी १९ वर्षीया पदमा सुनारको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले हत्या गर्ने ख्याहास्थित लप्सीखोलाका १९ वर्षीय किशोर (सागर) देवलाल सार्कीलाई पक्राउ गरेको हो ।
मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास
मिसनमा स्वास्थ्य बिमा लागु गराउने प्रयास तानसेनस्थित यूनाइटेड मिसन अस्पतालमा गत साउन २१ देखि बन्द भएको स्वास्थ्य बिमा कार्यक्रम लागु गराउने प्रयास भएको छ ।
रामपुरका सहकारी संस्थालाई तालिम
रामपुरका सहकारी संस्थालाई तालिम जिल्लाको रामपुरमा सञ्चालित सहकारी संस्थाहरुका तालिम दिइएको छ । सहकारी संस्थाबाट प्रवाह हुने ऋणको व्यवस्थापन तथा लगानी परिचालन कसरी गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
८ बर्षदेखि अलपत्र गणेशको मुर्ति व्यवस्थापनमा चासो 
८ बर्षदेखि अलपत्र गणेशको मुर्ति व्यवस्थापनमा चासो  काठमाडौंबाट निर्माण भई तानसेन ल्याएको करीव ८ बर्ष हुँदासम्म पनि गणेशको मुर्ति अलपत्र परेको छ । तानसेन नगरपालिकां– १० तेल्घामा राख्ने भनिएको मुर्ति  लामो समयदेखि अलपत्रपरेपछि  वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका छन् । 
तानसेनका  जेष्ठ नागरिकलाई तीर्थयात्रा
तानसेनका जेष्ठ नागरिकलाई तीर्थयात्रा तानसेनका जेष्ठ नागरिकलाई तिर्थयात्रा गराईएको छ । तानसेन नगरपालिका –४  वडा कार्यालयले सिल्खान टोल विकास संस्था –२ को समन्वयमा वडाका जेष्ठ नागरिकलाई  धार्मिक तीर्थयात्रा गराएको हो । 
गगनले थाले दोस्रो चरणको संवाद यात्रा
गगनले थाले दोस्रो चरणको संवाद यात्रा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बिहीबारबाट दोस्रो चरणको संवाद यात्रा सुुरु गरेका छन् । पश्चिम नवलपरासीको प्रतापपुरको सूर्यपुरास्थित गोपीगञ्जमा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरी उनले संवाद यात्रा सुरु गरेका हुन् ।
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने
देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आजदेखि एसइई : पाल्पामा परीक्षा दिने बर्सेनि घट्दै
आजदेखि एसइई : पाल्पामा परीक्षा दिने बर्सेनि घट्दै पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको संख्या बर्सेनि घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाको पछिल्ला पाँच शैक्षिक सत्रको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको संख्यामा कमी आएको देखिन्छ ।
प्रशिक्षणले मात्रै पार्टी संगठन मजबुत हुन्छ : उपसभापति श्रेष्ठ
प्रशिक्षणले मात्रै पार्टी संगठन मजबुत हुन्छ : उपसभापति श्रेष्ठ नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुख भुवन प्रसाद श्रेष्ठले प्रशिक्षणले मात्रै पार्टीको संगठन मजबुत हुने बताएका छन् ।
भोलिदेखि हुने एसइई परीक्षामा पाल्पाबाट ४ हजार बढी परीक्षार्थी सहभागी हुँदै
भोलिदेखि हुने एसइई परीक्षामा पाल्पाबाट ४ हजार बढी परीक्षार्थी सहभागी हुँदै यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा भोलि बिहीबारदेखि एकैसाथ देशभर शुरु हुँदैछ । बिहान ८ बजेदेखि हुने परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि नयाँ पाठ्यक्रम अनुसार एसइई लिन लागेको हो ।
काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत
काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत नेपाली काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा तानसेन नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस नेता सन्तोषलाल श्रेष्ठ मनोनीत भएका छन् । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले तानसेन नगरपालिका–२ निवासी श्रेष्ठलाई आर्थिक सल्लाहकारमा मनोनीत गरेका हुन् ।
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा
बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै...
Weather Update