Shittalpati
नेपालमा कोरोना बढ्दै

पाल्पा, पछिल्लो समय नेपालमा कोभिड–१९ को संक्रमण बढ्दै गएको छ । देशका विभिन्न जिल्लामा कोरोना संक्रमितहरु देखिन थालेका छन् ।

हालसम्म ३१ जिल्लामा कोराना संक्रमण देखिएको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले जनाएको छ । महाशाखाका अनुसार अहिलेसम्म दुई सय ४९ जनामा कोरोना संक्रमण देखा परेको छ । पछिल्लो एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाइएको जनाएको छ । सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ । कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन/आइसोलेसन’मा मन्त्रालयले सबैमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update