नेकपा एमालेको जिल्ला अधिवेशनको तयारी तिव्र
शुक्रबार, पुस १६, २०७८
आज राष्ट्रिय मेलमिलाप दिवस मनाइदैं
शुक्रबार, पुस १६, २०७८
आज ४६ औं राष्ट्रिय मेलमिलाप दिवस मनाइदैछ । वीपी कोइराला सहित नेपाली काँग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई छुट तथा क्यासब्याक
शुक्रबार, पुस १६, २०७८
ग्लोबल आइएमई बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई कार्ड तथा डिजिटल बैंकिङ्ग मार्फत गरिने कारोबारहरूमा ग्राहकहरुलाई छुट तथा क्यासब्याक प्रदान गर्ने भएको हो ।
राजनैतिक चरित्र देखाऊ
शुक्रबार, पुस १६, २०७८
दलहरुले संविधान कार्यान्वयनको कफी गफ धेरै गरेको पाइन्छ तर उनीहरु वास्तविकताबाट धेरै टाढा छन् । त्यस अर्थमा भन्नुपर्दा राजनैतिक चरित्रको कमी भएको भन्न मनपर्ने बेला आएको अनुभूति भएको छ । नेताहरुले सत्तालाई मात्रै प्राथमिकता दिने कि राजनैतिक चरित्र प्रर्दशन गर्ने भन्ने विषय अहिलेको महत्वपूर्ण पक्ष हो ।
पहिलो पटक विद्युत पुगेपछि स्थानीयवासी उत्साहित
बिहीबार, पुस १५, २०७८
पाल्पाको निस्दी गाउँपालिका ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत पुगेको हो ।
बगनासकालीका टोल–टोलमा सम्झौता, सम्झौता पछि काम सुरू
बिहीबार, पुस १५, २०७८
वडा–वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता, बैक खाता सञ्चालनको लागि उपभोक्ताहरु गाउँपालिकाको कार्यालय तथा सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । आर्थिक वर्ष समाप्त हुने महिना असारसम्म उपभोक्ताबाट योजना सम्झौता गर्ने, बीसदेखि पच्चिस दिनसम्म काम सकेर कागजी फरफारक गर्ने देशव्यापी परम्परालाई पाल्पाको बगनासकाली गाउँपालिकाले यस बर्ष तोडेको छ ।
वर्षा र हिमपातका कारण मुलुकभर चिसो बढ्यो
बिहीबार, पुस १५, २०७८
पश्चिमी वायुको प्रभावले बुधबार देशको अधिकांश भू–भागमा मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मंगलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ ।
आज पन्ध्र पुस र तमु ल्होसार
बिहीबार, पुस १५, २०७८
नेपाल एक विविधताले भरिपूर्ण भएको सुन्दर देश हो । विभिन्न जातजाति भेष भुषा र साँस्कृतिक पहिचानले विश्व मानचित्रमा देशले महत्वपूर्ण स्थान ओगटेको छ । आज विशेष गरी मगर समुदायले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै छन् । विभिन्न जातजाति र समुदायले मनाउने पर्व फरक–फरक भएपनि...
सिङ्गो वस्ती नै काँग्रेसमा प्रवेश
बुधबार, पुस १४, २०७८
एमालेको प्रभाव भएको रुरु क्षेत्र वडा २ सानो ग्वाँदीको सिङ्गो वस्तीका २८ घरका ६० जना भन्दा धेरै स्थानीयहरु एमाले परित्याग गरी नेपाली काँग्रेसमा एक साथ प्रवेश गरेका छन् । स्थानीय समाजसेवी, दलित अगुवा नेकपा एमालेका गाउँ कार्यसमिति सदस्य कृष्णबहादुर विकको नेतृत्वमा उनीहरु काँग्रेस प्रवेश गरेका हुन् ।
पाल्पा निस्दीमा चितुवा आतङ्क
बुधबार, पुस १४, २०७८
पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।
भोलिदेखि मौसममा क्रमिक सुधार हुने
बुधबार, पुस १४, २०७८
पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ ।


