Shittalpati
पाल्पा निस्दीमा चितुवा आतङ्क

रामपुर (पाल्पा), पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा चितुवाको आतङ्क बढेको छ । गोठमा बाँधिएका गाईवस्तुलाई रातका समयमा आक्रमण गर्न थालेपछि स्थानीयवासीमा त्रास उत्पन्न भएको स्थानीयवासी लीलाराम राईले जानकारी दिए ।

निस्दी–४, मित्याल झ्याल्टुङका रेवन सिं गाहा र वडा ६, अर्चलेको पोखरा भन्ज्याङका पृथ्वीमान राईको मंगलबार राति गोठमै चितुवा पसेर गोरु मारेको छ । चितुवा गाउँमा पस्न थालेपछि स्थानीयवासी घाँस, दाउरा, मेलापात निस्कन त्रास बढेको बताउँछन् । स्थानीय प्रशासन भने रातिको समयमा नहिँड्न र वन जङ्गलमा एक्लै नजान आग्रह गरेको छ । –रासस

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update