Shittalpati
पहिलो पटक विद्युत पुगेपछि स्थानीयवासी उत्साहित

रामपुर (पाल्पा), पाल्पाको निस्दी गाउँपालिका ७ को चारघरे र ज्यामिरे गाउँमा पहिलो पटक विद्युत पुगेको छ । सामुदायिक विद्युतीकरणका लागि रकम बुझाएको लामो समय पश्चात् अहिले गाउँमा विद्युत पुगेको हो । करिब ८० घर परिवारमा बिजुली बत्तीको सुविधा पुगेको र बाँकी स्थानमा पनि छिट्टै नै विस्तार गरिने गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । साविक ज्यामिरे गाउँ विकास समिति १ को चारघरे, ज्यामिरे क्षेत्र अहिले विद्युत सुविधा उपभोग गर्ने पहिलो गाउँ बनेको छ ।

स्थानीयवासी मुक्तबहादुर पाटाले बिजुली बत्ती उपभोग गर्न पाएपछि लेखपढ गर्न, खाना पकाउन, रेडियो सुन्न र टिभी हेर्न सजिलो भएको छ भने । लामो समयदेखि विद्युत सेवाको पर्खाइमा रहेका निस्दीको ज्यामिरे, चारघरे गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीयवासी खुसी भएका छन् । टुकीको भरमा जीवन बिताएका यहाँका वासिन्दा विद्युत सुविधाले गाउँ नै उज्यालो बनेको देख्दा दङ्ग भएको लालीगुराँस सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष दुर्गबहादुर सोमैले बताए । –रासस

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update