तानसेन–रिडी सडक दैनिक ६ घण्टा बन्द
आइतबार, मंसिर २६, २०७८
साहित्यअनुरागीहरुद्वारा आख्यान चौतारी गठन
आइतबार, मंसिर २६, २०७८
पाल्पाली साहित्य अनुरागीहरूले आख्यान चौतारी गठन गरेका छन् । साहित्य क्षेत्रलाई साझा चौतारी बनाउका लागि उनीहरुले चौतारी गठन गरेका हुन् ।
वडा–वडामा सेवा पुर्याउँदै पूर्वखोला गाउँ सरकार
आइतबार, मंसिर २६, २०७८
नागरिकहरुलाई घर–घर, वडा–वडामा सेवा सुविधा प्रदान गर्न पूर्वखोला गाउँपालिकाले वडा–वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरेको छ । जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा पूर्वखोला गाउँपालिकाले वडा वडामा एकिकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान शुरु गरेको हो ।
संक्रमण फैलन नदेऊ
आइतबार, मंसिर २६, २०७८
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलदै छ । विभिन्न भेरियन्टले थलिएर भर्खरै तग्रिदै गरेको विश्व समुदाय पुनःत्रसित छन् । हालसम्म कसैको मृत्यु नभएपनि संक्रमण छिटो फैलँदै छ । अहिले लक्षण पनि सामान्य छन् । तर, यस अघिका कोभिडका तीन भेरियन्टको असरलाई नियाल्दा यसको पनि लक्षण नथपिएला भन्न सकिँदैन ।
गुल्मीको मुसिकोटमा रायमाझीले गरे कूलका जेष्ठ नागरिकलाई सम्मान
आइतबार, मंसिर २६, २०७८
गुल्मीको मुसिकोटमा रायमाझी बन्धुहरुले कूलका जेष्ठ सदस्यहरुलाई सम्मान गरेका छन् । मुसिकोटको पेगा र इस्मा रातडाँडाका रायमाझीहरुले चार जना कूलका जेष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।
कोरोना भाइरस विरुद्ध दुई करोड मात्रा खोप लगाइयो
शनिबार, मंसिर २५, २०७८
नेपालमा कोरोना भाइरस विरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताए ।
देशभर थप २ सय ३६ मा कोरोना संक्रमण
शनिबार, मंसिर २५, २०७८
देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ९ हजार १ सय ७८ को पिसिआर परीक्षण गरिएको थियो ।
देशभर चिसो बढ्यो
शनिबार, मंसिर २५, २०७८
न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको हो ।
सन्तोषजनक छैन मानव अधिकारको अवस्था
शनिबार, मंसिर २५, २०७८
नेपालमा पनि हरेक वर्ष मानवअधिकार दिवस मनाउने गरिन्छ । दिवस मनाइने गरिएपनि मानव अधिकारको अवस्था भने सन्तोषजनक देखिदैन । नेपालमा पटक–पटक दोहोरिने मानव अधिकार उल्लङ्घनका घटना, हिंसाजन्य गतिविधि तथा दण्डहीनताका कारण पीडकहरू उम्किरहेका घटनाहरूले मानव अधिकारका पक्षधर तथा पालकलगायत नागरिकलाई गिज्याइरहे जस्तो त देखिन्छ नै, सरकार तथा मानव अधिकारवादी संघसंस्थाका...
निजी स्वास्थ्य संस्थाका कारण समस्या : मन्त्री खतिवडा
शनिबार, मंसिर २५, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निजी स्वास्थ्य संस्थाले बिमाको नाममा धेरै रकम माग दावी गरेको बताएका छन् । निजी स्वास्थ्य संस्थाले बिरामीलाई आवश्यक भन्दा बढी औषधी दिने गरेको र आवश्यक भन्दा बढी रकम दावी गरेको मन्त्री खतिवडाले बताए । उनले यस विषयमा सरकार गम्भीर भएको समेत जानकारी दिए ।
गुल्मीबाट ४५ उजूरी अख्तियारमा
शनिबार, मंसिर २५, २०७८
जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४५ वटा उजूरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ४५ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका हुन् । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय गुल्मी र भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले राखेको कार्यक्रममा उक्त तथ्याङक सार्वजनिक गरिएको हो ।


