हिंसामुक्त समाजको सपना
शनिबार, मंसिर २५, २०७८
नबिल बैंकले सार्वजनिक गर्यो ‘नबिल डिजीबैंक पोर्टल’
शनिबार, मंसिर २५, २०७८
नबिल बैंकले आधिकारिक रूपमा ‘नबिल डिजीबैंक पोर्टल’ सार्वजनिक गरेको छ । नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
काँग्रेस महाधिवेशन उद्घाटन समारोह : ओली, दाहाल र नेपाल एउटै मञ्चमा
शुक्रबार, मंसिर २४, २०७८
राजनीतिक दलबीचमा मनोमालिन्य बढेका बेला नेपाली काँग्रेसको १४औँ महाधिवेशनले नेपालका वामपन्थी पार्टीका नेतालाई एउटै मञ्चमा उभ्याउने अवसर प्रदान गरेको छ । पछिल्लो समय पानी बाराबारको अवस्थामा रहेका मुलुकका ठूला बामपन्थी दलका नेताहरू आज काँग्रेस महाधिवेशनको उद्घाटन समारोहमा एकै मञ्चमा देखिएका छन् ।
‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’
शुक्रबार, मंसिर २४, २०७८
‘ठेकेदार साप, पुल बनाउनु पर्दैन ?’ स्याङ्जाको आँधीखोला गाउँपालिकाको ‘युथ अफ आँधीखोला’ले सामाजिक सञ्जालमा यसरी नै खबरदारी गर्यो । दुई वर्षमा बनाउँछु भनेर ठेक्का लिएको पुल सात वर्षमा पनि किन बनाएनौं ? भनेर ठेकेदारको नाम र फोटोसहित सामाजिक सञ्जालमा राखेर सरोकारवालालाई खबरदारी गरिएको छ ।
माथागढी गाउँपालिकामा विद्यालयको अनुगमन
शुक्रबार, मंसिर २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले विद्यालयहरुको अनुगमन गरेको छ । गाउँपालिकाले विद्यालयको गुणस्तरीयता, भौतिक अवस्था, विद्यार्थीहरुको अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरेको हो । गाउँपालिकाका प्रवक्ता मधु पराजुली, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, शिक्षा कार्यक्रम संयोजक अशेष भट्टराई र शिक्षा सम्पर्क व्यक्ति गजेन्द्र पन्थीको टोलीले पालिका भित्रका विद्यालयहरुको अनुगमन गरेको छ ।
‘लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट बनौं’
शुक्रबार, मंसिर २४, २०७८
लुम्बिनी प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एक जुट हुनुपर्ने बताइन् । उनले सरकार एक्लैले मात्र हिंसा अन्त्य गर्न नसक्ने भएकाले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । माथागढी गाउँपालिकाको दिव्यज्योति नमूना माविमा भएको हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...
लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व संकलन्
शुक्रबार, मंसिर २४, २०७८
आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गरौं
शुक्रबार, मंसिर २४, २०७८
कोभिड–१९ को महामारी कायमै रहेका बेला पुनःनयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर आतंक मच्चाएको छ । उक्त भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको समाचार नआए पनि यसले पार्नसक्ने असरलाई लिएर विश्व आतंकित छ । दक्षिण अफ्रिकामा देखा परेको सो भाइरस विश्वका २४ राष्ट्रमा फैलिसकेको छ ।
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गुल्मीमा अन्तरक्रिया
बिहीबार, मंसिर २३, २०७८
भष्ट्रचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय र भष्ट्रचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक अन्तक्र्रिया कार्यक्रम भएको छ ।
अक्सिजन प्लान्ट निर्माणमा ढिलाई भएपछि सुशासन अभियानले देखायो चासो
बिहीबार, मंसिर २३, २०७८
गुल्मी अस्पतालमा खरिद गरिएको अक्सिजन प्लान्टका विषयमा ट्रान्स परेन्सी इन्टरनेश्नलमा आवद्ध संस्था सुशासन अभियानले चासो देखाएको छ । प्लान्ट खरिद गरिएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकिरहेको भन्दै अभियानले चासो देखाएको हो ।
भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनःकर्माचार्य
बिहीबार, मंसिर २३, २०७८
श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको साझा संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाको अध्यक्षमा पुनः सुरेश कुमार कर्माचार्य चयन भएका छन् । संघको तानसेनमा भएको ११ औं साधारण सभा तथा ५ औं अधिवेशनले कर्माचार्यलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
हराएकी महिला खोजिदिन परिवारको आग्रह
बिहीबार, मंसिर २३, २०७८
बाग्लुङ जिल्ला बरेङ्ग गाउँपालिका –३ साग्दीकी एक महिला हराएकोले खोजिदिन परिवारले आग्रह गरेको छ । ५२ वर्षीया लोकमाया श्रीस बुधबार घरबाट घाँस काट्न हिडेको र अहिलेसम्म परिवारको सम्पर्कमा नआएकाले खोजिदिन परिवारले सबैमा आग्रह गरेको हो ।


