गाउँघरमा बज्नै छाडे सहनाई
बुधबार, असोज २६, २०७९
जनताको भावना माथि खेलवाड नहोस्
बुधबार, असोज २६, २०७९
देश संघीय लोकतान्त्रीक गणतन्त्रात्मक साशन व्यवस्थाको पहिलो पाँच वर्षे कार्यकाल पुरा गरी पुन: देश संघीय र प्रदेश चुनावको तयारीमा लागेको देखिन्छ । विभिन्न दलका उम्मेदवारहरुको मनोनयन सँगै देश पुनः निर्वाचनमय भइसकेको छ । अबको केहि महिना भाषण, घरदैलो, नारा, जुलुसले शहरमा मात्रै होइन् ग्रामीण क्षेत्रमा एक प्रकारको रौनक थपिने छ ...
चुनावी चटारो
बुधबार, असोज २६, २०७९
देश निर्वाचनमा होमिएको छ । भर्खर हिन्दुहरुको महान पर्व बडादशैं सकिएसँगै संघीय र प्रदेशसभाको निर्वाचनको चटारोमा दलहरु छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।
पाल्पा क्षेत्र नं १ का गठबन्धनका उम्मेदवार र पत्रकार बीच अन्तरक्रिया
मंगलबार, असोज २५, २०७९
पाल्पा क्षेत्र नं १ का वाम–लोकतान्त्रिक गठबन्धन दलका उम्मेदवार र पत्रकारहरु बिच अन्तरक्रिया कार्यक्रम भएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका विषयमा उम्मेदवारहरुले मंगलबार तासेनमा पत्रकारहरुसँग अन्तरक्रिया गरेका हुन् ।
अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा
मंगलबार, असोज २५, २०७९
असोज १८ गते रातीदेखि परेको अविरल वर्षाका कारण पाल्पाका ३४ घर जोखिममा रहेका छन् । जिल्लाका विभिन्न स्थानमा पहिरोसँगै घरहरु चर्किएर जोखिममा रहेका हुन् । यहाँको रिब्दीकोट गाउँपालिका, बगनासकाली गाउँपालिका, निस्दी गाउँपालिका र तिनाउ गाउँपालिकाका ३४ घरहरु जोखिममा रहेका छन् ।
आशै–आशमा टर्यो जहाज उड्ने सपना
मंगलबार, असोज २५, २०७९
गुल्मीको रेसुङ्गा नगरपालिका–९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दसैंमा पनि पूरा सकेन । विसं २०६३ पछि हरेक वर्षको दसैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन । हरेक वर्षको दसैंलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो...
गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपिल
मंगलबार, असोज २५, २०७९
पाल्पामा गठबन्धन दलले उम्मेदवारी मनोनयन दर्ता गरेपछि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेको छ । सोमबार गठबन्धन सम्बद्ध दलहरूले संयुक्त अपिल जारी गर्दै पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेका हुन् ।
तानसेनमा लोकतान्त्रिक गठबन्धनको प्रचार–प्रसार कार्यालय
मंगलबार, असोज २५, २०७९
लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर २ को प्रचार–प्रसार कार्यालय उद्घाटन गरिएको छ ।
जोखिमपूर्ण यात्रा
मंगलबार, असोज २५, २०७९
यस वर्षको दसैं आइतबारदेखि सकिएको छ । विगतमा भन्दा यस पटकको दसैं निकै कस्टकर बन्न पुुगेको छ । देशका अधिकासं ठाउँमा टिकाका दिनदेखि निरन्तर परेको अविरल वर्षका कारण यस वर्षको दसैं निकै नै कस्टकर बन्न पुुग्यो । मान्यजनको हातको टिका लगाउन गाउँघर पुुगेका र दसैं मनाएर आफ्नो गन्तव्यमा फर्किने यात्रुुहरु...
बाबुछोरा चुनावी मैदानमा
सोमबार, असोज २४, २०७९
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको संख्या पनि उल्लेख्य रहेको छ । आफू नै संलग्न रहेको राजनीतिक दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पनि देखिएका छन् ।
सर्पले डसेर मृत्यु
सोमबार, असोज २४, २०७९
आइतबार राति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए ।


