यस वर्षको दसैं आइतबारदेखि सकिएको छ । विगतमा भन्दा यस पटकको दसैं निकै कस्टकर बन्न पुुगेको छ । देशका अधिकासं ठाउँमा टिकाका दिनदेखि निरन्तर परेको अविरल वर्षका कारण यस वर्षको दसैं निकै नै कस्टकर बन्न पुुग्यो । मान्यजनको हातको टिका लगाउन गाउँघर पुुगेका र दसैं मनाएर आफ्नो गन्तव्यमा फर्किने यात्रुुहरु जोखिमपूूर्ण यात्रा गर्न बाध्य भए । निरन्तर वर्षका कारण विशेष गरी ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध हुनुको साथै हिलाम्मे हुँदा यात्रुले सास्ती खेप्नु परेको छ । ग्रामीण क्षेत्रका सडक मात्र होइन राजमार्ग र ठूला सडकको अवस्था पनि उस्तै रह्यो । पानी परेको समयमा लेदो पहिरो र पानी नपरेको समयमा सुक्खा पहिरो कतिखेर खसेर सडक अवरूद्ध हुन्छ भन्ने जोखिम रहिरहेकै स्थितिमा हजारौं सवारीसाधनहरु जोखिम मोलैर ओहोरदोहोर गर्न बाध्य भए । कतिपय सडकहरुमा कयौं दिनदेखिको पहिरोसमेत हटाउन सकिएको छैन । धेरै यात्रुहरु गाउँमै अलपत्र परेका छन् । अझै पानी नरोकिदा सडकहरु खुल्न सकेका छैन ।
दसैंका दिनदेखि नै गाउँ छोड्दै सहर फर्किनेहरुको हरेक दिन भीडभाड देख्न सकिन्छ । दसैंका निम्ति भनेरै गाउँ पुुगेकाहरु अहिले दैनिक सयौंको संख्यामा फर्कदै छन् । गाउँघर छोड्नेहरु अधिकांशले पैदलमार्गलाई नै उपयोग गरिरहेका छन् । निरन्तर वर्षात्का कारण सडकमार्गहरुमा प्रायः खाल्डाखुल्डी र पहिरोले अवरुद्ध छन् । जसका कारण सवारी यात्रा निर्वाध ढङ्गले अघि बढ्न सकिरहेका छैनन् । अझै पनि देशका कयौं सडकहरुमा पहिरो खस्ने क्रम रोकिन सकेको छैन भने कतिपय ठाउँमा जोखिम मोलेर सवारी चलाउँदा जे पनि हुन सक्ने अवस्था छ । निश्चित समयमा पुगिने यात्राले धेरै समय लिँदा यात्रुहरु समेत बिचल्लीमा परेका छन् । यात्रुुहरुको सुरक्षाप्रति तीनै तहका सरकार गम्भीर बन्नुुपर्ने बेला हो यो ।
यात्रुुहरुको सहज यात्राका लागि सरकारले यथाशिघ्र सडकहरुको मर्मत सम्भार र पहिरो हटाउने काममा ध्यान दिन जरुरी छ ।